२८ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुरानो सञ्चार प्रणालीमा समस्या आएपछि अमेरिकाभर हवाई उडान ठप्प, हजारौँ उडान रद्द

अ अ+ अ-

वासिङ्टन । दशकौँ पुरानो सञ्चार प्रविधिमा समस्या आएपछि शुक्रबार अमेरिकाभर केही घण्टाका लागि हवाई उडान रोकिएको छ । यसबाट देशभरका लाखौँ यात्रु प्रभावित भएका छन् भने हजारौँ उडान रद्द भएका छन् ।

सरकारी अधिकारीका अनुसार हवाई यातायात नियन्त्रण प्रणालीमा आएको व्यापक सञ्चार अवरोधका कारण देशभरका विमानस्थलमा उडान रोक्नुपरेको हो । उडानका लागि तयारी अवस्थामा रहेका केही विमानबाट यात्रुलाई अन्तिम समयमा ओरालिएको थियो ।

अमेरिकाको संघीय उड्डयन प्रशासनले करिब चार घण्टापछि उडान रोकसम्बन्धी आदेश हटाएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भने उक्त समस्या कुनै नियोजित आक्रमणका कारण भएको प्रमाण नरहेको जनाएको छ ।

यातायातमन्त्री सन डफीले दशकौँ पुरानो प्रणाली, पुराना स्विच, राउटर तथा सन् १९८० को दशकका तामाका तार प्रयोग भइरहेकाले समस्या उत्पन्न भएको बताए। उनले  पुरानो प्रणालीमा अत्यधिक भार परेपछि देशभर सञ्चार सेवा अवरुद्ध भएको जानकारी दिए।

डफीले हवाई यातायात नियन्त्रण प्रणाली आधुनिकीकरण गर्न अमेरिकी संसद्सँग ३० अर्ब १० करोड अमेरिकी डलर बजेट माग गरेका छन् ।

उडानसम्बन्धी तथ्यांक राख्ने संस्था फ्लाइटअवेयरका अनुसार यस घटनाका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय गरी करिब छ हजार उडान रद्द भएका थिए । विमानस्थलहरूमा यात्रुको भीड बढेको थियो भने धावनमार्ग र विमानस्थल परिसरमा विमानहरू रोकिएका थिए ।

न्युयोर्कको लागार्डिया विमानस्थलमा यात्रु टियारा जोन्सनले ओर्लान्डो जाने आफ्नो उडान पटक–पटक सारिएको बताए । सुरुमा बिहान ७:५५ बजे भनिएको उडानको समय पटक–पटक परिवर्तन हुँदै १०:३० बजे पुर्‍याइएको थियो ।

अमेरिकी अधिकारीहरूले उक्त घटना साइबर आक्रमण वा कृत्रिम बौद्धिकतासँग सम्बन्धित नभएको स्पष्ट पारेका छन् । यसअघि सन् २०२३ मा पनि सूचना प्रणालीमा समस्या आएपछि अमेरिकाभर उडान प्रभावित भएको थियो । सन् २००१ को सेप्टेम्बर ११ को आतंकवादी आक्रमणपछि भने पहिलो पटक यति व्यापक रूपमा हवाई सेवा रोकिएको थियो ।

उडान अवरुद्ध भएपछि यात्रुहरू वैकल्पिक यातायात खोज्न बाध्य भएका थिए । कतिपयले गाडी भाडामा लिन लामो समय लाइन बस्नुपरेको थियो भने कतिपयले थप एक रात विमानस्थल नजिकै बिताउनु परेको थियो ।

0 Comments