२८ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छठको दोस्रो दिन आज खरना गरिँदै, गुह्येश्वरीमा तयारी अन्तिम चरणमा

अ अ+ अ-

काठमाडौँ । कार्तिक शुक्ल पञ्चमीका दिनमा आज छठका व्रतालु निर्जल उपवास बसी ‘खरना’ को विधि पूरा गर्दैछन् । निर्जल उपवास बसेका व्रतालुले आज बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक खाना खान्छन् । 

सोही विधिलाई खरना भन्ने गरिएको काठमाडौँमा छठ मनाउँदै आएका छठ पूजा समिति गुह्येश्वरीका अध्यक्ष अनिल सिंहले बताए । पञ्चमीका दिन आज राजधानीमा छठ मनाइने गुह्येश्वरी, गौरीघाट क्षेत्र, वाग्मती नदी किनारको थापाथली, टेकु, वंशीघाट र कमलपोखरीमा विशेष चहलपहल बढेको छ । 

गुह्येश्वरी, गौरीघाट क्षेत्रमा आइतबार अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य चढाउन ६७५ वटा छठ घाट अर्थात् पूजा स्थल बनाइएको उनले जानकारी दिए । तीमध्ये ३० वटा घाट भने नि:शुल्क दिइने छ । बाँकी घाट लिन चाहनेले रु एक हजार ५०० शुल्क बुझाउनुपर्ने समितिका उपाध्यक्ष राजकुमार पोद्दारले जानकारी दिए। 

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र पशुपति क्षेत्र विकास कोषसँग समन्वय गरेर गुह्येश्वरी, गौरीघाट क्षेत्रको वाग्मती नदी क्षेत्र सम्याउने, सरसफाइलगायत काम सकी छठको तयारी अन्तिम चरणमा पुगेको पनि उनले बताए । 

कार्तिक शुक्ल चतुर्थीदेखि विधिवत् सुरु हुने छठ पर्व सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रूपमा समापन हुन्छ । यस वर्ष कात्तिक २७ गते शुक्रबारदेखि सुरु भएको छठ पर्वको व्रत विधि कात्तिक ३० गते सोमबार सकिन्छ ।

0 Comments