२८ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवाको आरोप : ‘जेन जेड आन्दोलन षड्यन्त्र हो, काँग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयो’

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जेन जेड आन्दोलनका क्रममा काँग्रेस र नेकपा एमालेका नेता तथा उनीहरूका घरलाई योजनावद्ध रूपमा निशाना बनाइएको आरोप लगाएका छन् । 

शनिवार पार्टीको ललितपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले जेन जेड आन्दोलनका क्रममा आफ्नो घर जलाइएको, कृष्णप्रसाद भट्टराईको आश्रममा आगजनी गरिएको र वीपी कोइरालाको पुर्ख्यौली घरसमेत जलाइएको बताए । 

आन्दोलनका क्रममा अन्य पार्टीका नेताहरूको घरमा नभई काँग्रेस र एमालेका नेताहरूलाई मात्रै छानीछानी निशाना बनाइएको उनको भनाइ छ । उनले यसलाई षड्यन्त्रको संज्ञा दिए । देउवाले आफू विद्यार्थी जीवनदेखि नै प्रजातन्त्रका लागि संघर्ष गर्दै आएको र साढे आठदेखि नौ वर्षसम्म जेल जीवन बिताएको स्मरण गरे । 

वीपी कोईरालालगायत प्रजातन्त्रका लागि संघर्ष गरेका नेताहरूको योगदान स्मरण गर्न आग्रह गर्दै उनले काँग्रेसका लागि पसिना बगाएका नेता तथा कार्यकर्ताका सन्तान अझै पार्टीसँगै रहेको बताए । 

देउवाले भने, ‘जेन-जी आन्दोलनका क्रममा केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यसबेला मेरो घर जलाइयो, कृष्णप्रसाद भट्टराईजीको आश्रम जलाइयो र वीपी कोइरालाको पुर्ख्यौली घरसमेत जलाइयो । तर अन्य पार्टीका नेताहरूका घरमा त्यस्तो घटना भएन । एमाले र काँग्रेसका नेताहरूलाई मात्र छानीछानी निशाना बनाइएको देखियो । त्यसैले यो घटनालाई सामान्य रूपमा मात्र लिन मिल्दैन । म विद्यार्थी जीवनदेखि नै प्रजातन्त्रका लागि संघर्ष गर्दै आएको व्यक्ति हुँ । पटक–पटक जेल जीवन बिताएको छु । वीपी कोइरालाले प्रजातन्त्रका लागि गरेको संघर्ष र जेल जीवनको इतिहास हामीले बिर्सनु हुँदैन । पार्टीका लागि संघर्ष गरेका, पसिना बगाएका र त्याग गरेका नेता तथा कार्यकर्ताहरूको योगदानको सम्मान हुनुपर्छ । म स्वयं पनि साढे आठदेखि नौ वर्षसम्म जेल जीवन बिताएको व्यक्ति हुँ । मेचीदेखि महाकालीसम्मका नेपाली जनताको माया, विश्वास र सहयोगकै कारण म पाँच पटक प्रधानमन्त्री बन्ने अवसर पाएको हुँ । यो मेरो व्यक्तिगत उपलब्धि मात्र होइन, जनताको विश्वास र पार्टीका हजारौँ कार्यकर्ताको त्यागको परिणाम हो ।’

आफू जनताको सहयोग र समर्थनबाट पाँच पटक प्रधानमन्त्री बनेको उल्लेख गर्दै देउवाले प्रजातान्त्रिक आन्दोलनमा योगदान दिएका व्यक्तिहरूको इतिहास बिर्सन नहुने बताएका छन् ।

0 Comments