काठमाडौँ । लुम्बिनीसँग पराजित भएपछि विराटनगर किंग्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ दौडबाट बाहिरिएको छ ।
विराटनगरको हारसँगै प्रतियोगिताको प्लेअफमा पुग्ने टोलीको टुंगो लागेको छ ।
लुम्बिनी र सुदूरपश्चिमसँगै काठमान्डु गोर्खाज र चितवन राइनोजले पनि प्लेअफमा स्थान बनाएको हो । काठमान्डु ५ खेलबाट ८ अंकसहित तेस्रो र चितवन ६ खेलबाट ७ अंकसहित चौथो स्थानमा छ । लिग चरणको ७ वटै खेल खेलिसकेको विराटनगर भने यो हारपछि ६ अंकसहित पाँचौँ स्थानमै सीमित रह्यो र लिग चरणबाट बाहिरियो ।
कर्णाली याक्स, जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेका छन् ।





