२९ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनपिएल-३ मा लयमा देखिएका चार नेपाली क्रिकेटर

अ अ+ अ-

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट दोस्रो चरणमा प्रवेश गर्ने क्रममा छ । प्रतियोगितामा प्लेअफ पुग्ने चार टोलीको टुङ्गो लागिसकेको छ । यसपालि लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र चितवन राइनोजले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

प्रतियोगिताको लिग चरणका खेलहरू जारी रहँदा यसपटक केही नेपाली युवा खेलाडीले आफ्नो प्रदर्शनबाट विशेष चर्चा बटुलेका छन् । एनपिएलको प्रत्येक संस्करणले नयाँ प्रतिभालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्रिकेटमा आफ्नो क्षमता देखाउने अवसर प्रदान गर्दै आएको छ । यसपटक पनि केही युवा खेलाडीले प्राप्त अवसरलाई सदुपयोग गर्दै आफ्नो उपस्थितिलाई बलियो बनाएका छन् ।

बलिङतर्फ राहुल यादव र रिजन ढकाल तथा ब्याटिङतर्फ लोकेश बम, रशिद खानलगायतले प्रभावशाली प्रदर्शन गरेका छन् ।

ट्यालेन्ट हन्टबाट ‘गोल्डेन क्याप’को दौडमा राहुल
यस संस्करणमा सर्वाधिक चर्चा कमाउन सफल खेलाडीमध्ये एक छन् युवा तीव्रगतिका बलर राहुल यादव । जनकपुर बोल्ट्समा आबद्ध राहुल ‘ट्यालेन्ट हन्ट’मार्फत छनोट भएर टोलीमा जोडिएका हुन् । पहिलो सहभागितामै उनले आफ्नो बलिङ क्षमताबाट समर्थक तथा क्रिकेटप्रेमीको ध्यान खिच्न सफल भएका छन् ।

राहुलले सात खेलमा १२ विकेट लिएका छन्। यससँगै उनी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्षस्थानमा छन् । काठमाण्डु गोर्खाजविरुद्धको खेलमा राहुलले चार ओभरमा ३१ रन खर्चिएर चार विकेट लिएका थिए । त्यसपछि लगातार दुई खेलमा विकेटविहीन भएका उनले पाँचौँ खेलमा दुई विकेट लिँदै पुनरागमन गरे। त्यसपछिका दुई खेलमा क्रमश: एक र तीन विकेट लिएका छन् ।

रिजनको निरन्तर विकेट
यस संस्करणमा बलिङतर्फ रिजन ढकाल उत्कृष्ट लयमा देखिएका छन्। चितवन राइनोजबाट खेलिरहेका ढकालले हासम्म पाँच खेलमा ११ विकेट लिएका छन् । उनले प्रतियोगिताका प्रत्येक खेलमा विकेट लिएका छन् ।

रिजनको प्रभावशाली बलिङ चितवनका लागि महत्त्वपूर्ण बनेको छ । चितवनले हालसम्म खेलेका छ खेलमध्ये तीन खेलमा जित हासिल गरेको छ । अन्तरराष्ट्रिय क्रिकेटको अनुभवसमेत बटुलिसकेका छन् । ढकालले नेपालका लागि आठ टी–२० अन्तरराष्ट्रिय र चार एकदिवसीय अन्तरराष्ट्रिय खेल खेलेका छन् ।

ब्याटिङमा लोकेश बम अब्बल
ब्याटिङतर्फ लोकेश बमले यस संस्करणको एनपिएलमा राम्रो प्रभाव छोडेका छन्। विराटनगर किङ्सबाट खेलिरहेका उनले सात खेलमा २४२ रन बनाएका छन्। उनी लिगमा सर्वाधिक रन बनाउने ब्याटर छन् ।

लोकेशले प्रतियोगितामा दुई अर्धशतकीय पारी खेलेका छन्। नेपालका लागि २९ टी–२० अन्तरराष्ट्रिय खेल खेलिसकेका लोकेशले अहिलेसम्म एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा भने डेब्यु गर्ने अवसर पाएका छैनन् ।

राशिद खान पनि पुनरामगनको खोजीमा
राशिद खानले पनि एनपिएलको तेस्रो संस्करणमा ब्याटिङबाट चर्चा बटुलेका छन् । काठमाण्डु गोर्खाजबाट खेलिरहेका उनले छ खेलमा एक अर्धशतकसहित १५५ रन बनाएका छन् ।

राशिदले नेपालका लागि हालसम्म दुई टी–२० अन्तरराष्ट्रिय खेल खेलेका छन् ।

0 Comments