२९ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सुशासनमा रास्वपाले सम्झौता गर्दैन, दोषी जो भएपनि उन्मुक्ति पाउँदैन’ : महामन्त्री आचार्य

अ अ+ अ-

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले सुशासनका विषयमा पार्टीले कुन पनि सम्झौता नगर्ने बताएका छन्।

सार्वजनिक भएका विभिन्न विवादित घटनामा निष्पक्ष छानबिन हुनुपर्ने र दोषी जोसुकै भएपनि कारबाहीको दायरामा आउनुपर्ने उनको भनाइ छ । आईतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आचार्यले रास्वपाको उदय नै सुशासनलाई पार्टीको आधारभूत मूल्यका रूपमा स्थापित गरेर भएको बताए। उनले पार्टीभित्र वा पार्टीभन्दा बाहिर जुनसुकै क्षेत्रमा सुशासनसँग सम्बन्धित प्रश्न उठे पनि रास्वपाले त्यसमा सम्झौता नगर्ने स्पष्ट पारे । आचार्यले राज्यका संस्थागत संरचना व्यक्तिभन्दा सधैँ माथि रहने मान्यतामा पार्टी विश्वास गर्ने पनि बताए। कुनैपनि व्यक्ति वा पदभन्दा राज्यका संस्थाहरू महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले सार्वजनिक भएका घटनामा कसैको दोष देखिए त्यसको निष्पक्ष निरूपण हुनुपर्ने धारणा राखे । उनले त्यस्ता विषयको निष्पक्ष छानबिन गर्न प्रधानमन्त्री र सरकार सक्षम रहेको उल्लेख गर्दै आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सरकारलाई पार्टीको समर्थन रहने बताए ।

 पछिल्लो समय सार्वजनिक भएका विवादित विषयमा पार्टीले तत्कालै आधिकारिक धारणा सार्वजनिक नगर्नुको कारणबारे स्पष्ट पार्दै आचार्यले सञ्चारमाध्यममा समाचार आएकै आधारमा पार्टीले आवेगमा निर्णय गर्न नमिल्ने बताए। उनकाअनुसार हरेक विषयको आफ्नै प्रक्रिया हुने भएकाले आवश्यक प्रक्रिया पूरा नभएसम्म पार्टीले हतारमा निष्कर्ष निकाल्नु उचित हुँदैन । त्यसो गर्दा व्यक्ति र संस्थाबीचको भिन्नतासमेत धुमिल हुनसक्ने उनको भनाइ छ ।

आचार्यले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको उदय नै सुशासनलाई आधारभूत मूल्यका रूपमा आत्मसात् गरेर भएको हो । पार्टीभित्र होस् वा पार्टीभन्दा बाहिर, सुशासनका सवालमा हामी कुनै पनि सम्झौता गर्दैनौँ । हामी राज्यका संस्थाहरू व्यक्तिभन्दा माथि हुनुपर्छ भन्ने मान्यता राख्छौँ । सार्वजनिक सञ्चारमाध्यममा आएका विषयहरूको निष्पक्ष छानबिन गरी दोषी देखिने जोकोहीलाई कानुनी दायरामा ल्याउने जिम्मेवारी सरकारको हो । यसका लागि प्रधानमन्त्रीज्यू र सरकार सक्षम हुनुहुन्छ भन्नेमा हामी विश्वस्त छौँ । पार्टीले सञ्चारमाध्यममा आएका समाचारकै आधारमा हतारमा धारणा बनाउने वा निर्णय गर्ने होइन । हरेक विषयको आफ्नै प्रक्रिया हुन्छ र त्यो प्रक्रिया पूरा हुनुपर्छ । दोषी जोसुकै भए पनि कानूनअनुसार कारबाही हुनुपर्छ । हिजो पनि दोषीलाई उन्मुक्ति दिइएको थिएन, आज पनि दिइँदैन र भोलि पनि दिइने छैन । यस प्रक्रियामा सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीको पूर्ण समर्थन रहनेछ ।’

आचार्यले निष्पक्ष छानबिनबाट दोषी ठहरिने व्यक्ति जोसुकै भएपनि कारबाहीबाट उन्मुक्ति नपाउने दाबी गरे । 

0 Comments