२९ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपालको स्वास्थ्य पूर्वाधार र विशेषज्ञ सेवा विकासमा चीनको सहयोग महत्वपूर्ण छ’ : नारायणप्रसाद दाहाल

अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको स्वास्थ्य पूर्वाधार, विशेषज्ञ उपचार सेवा तथा स्वास्थ्य जनशक्ति विकासमा चीन सरकारको सहयोग महत्वपुर्ण रहेको बताएका छन् ।

आइतबार आयोजित ‘नमस्कार, मेरा चिनियाँ डाक्टर’को नेपाली संस्करण वृत्तचित्र प्रदर्शनी कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । अध्यक्ष दाहालले चीनको सहयोगमा स्थापित भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल नेपाल-चीन मित्रताको महत्वपूर्ण प्रतीक बनेको उल्लेख गरे ।

चीनको सहयोगमा स्थापना भएको उक्त अस्पतालले नेपालमा क्यान्सर उपचार, बोन म्यारो ट्रान्सप्लान्टलगायत आधुनिक स्वास्थ्य सेवा विस्तारमा महत्वपूर्ण भूमिका खेलेको उहाँले बताए । १०० शैय्याबाट सुरु भएको अस्पताल हाल ५ सय शैय्यामा विस्तार भएको उल्लेख गर्दै उनले स्थापनादेखि हालसम्म २९९ जनाको संख्यामा चिनियाँ मेडिकल टोलीले सेवा प्रदान गरिसकेको जानकारी दिए।

चीनले उपलब्ध गराएको भौतिक पूर्वाधार, प्रविधि र आर्थिक सहयोगले अस्पतालको विकासमा योगदान पुर्‍याएको उल्लेख गर्दै उनले यसको प्रभाव नेपाली स्वास्थ्यकर्मीको सीप विकास, उपचार सेवाको विस्तार र दुई देशका चिकित्सकबीचको व्यावसायिक सम्बन्धमा समेत देखिएको बताए । उनले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई राष्ट्रियस्तरको क्यान्सर अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका रूपमा विकास र स्तरोन्नति गर्न चीन सरकारसँग आग्रह गरे । यसका लागि आवश्यक भौतिक पूर्वाधार, प्राविधिक सहयोग, संस्थागत संरचना विकास, विशेषज्ञ जनशक्ति उत्पादन र शैक्षिक सहकार्यमा सहयोग गर्न उनले अपिल गरे ।

उनले भने, ‘बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल नेपाल-चीन बीचको मित्रताको अमूल्य प्रतीक बनेको छ । क्यान्सर जस्तो घातक रोगको उपचार नेपालमै उपलब्ध गराउन यस अस्पतालले खेलेको भूमिका नेपाली जनताका लागि ठुलो अवसर हो । यस अस्पताललाई राष्ट्रियस्तरको क्यान्सर अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका रूपमा विकास र स्तरोन्नति गर्न आवश्यक पहल र सहयोगका लागि चीन सरकार समक्ष अनुरोध गर्दछु । प्रतिष्ठान स्थापनाका लागि आवश्यक भौतिक पूर्वाधार, उपलब्ध सेवा, संस्थागत अनुभव र राष्ट्रिय जिम्मेवारीका दृष्टिले पनि पर्याप्त आधार र योग्यता हासिल गरिसकेको कुरा अवगत गराउँदै थप प्राविधिक सहयोग, संस्थागत संरचना विकास र विशेषज्ञ जनशक्ति उत्पादन तथा शैक्षिक सहकार्यमा सहयोग गरिदिनुहुन पनि म अपिल गर्दछु ।’

उनले नेपाल–चीन स्वास्थ्य सहकार्य क्यान्सर उपचारमा मात्र सीमित नरहेको बताए । चीनको अनुदान सहयोगमा काठमाडौँमा निजामती कर्मचारी अस्पताल निर्माण भएको उल्लेख गरे । उक्त अस्पतालमा चिनियाँ चिकित्सक टोलीको नयाँ सेवा केन्द्र स्थापना गर्ने सहमति भएको पनि उनले जानकारी दिए। त्यस्तै, चीनको सहयोगमा कीर्तिपुरमा स्थापना भएको राष्ट्रिय आयुर्वेदिक अनुसन्धान तथा तालिम केन्द्रले अनुसन्धान, तालिम र क्षमता विकासमा योगदान पुर्‍याउँदै आएको उनले बताए ।

परम्परागत चिनियाँ चिकित्सा क्षेत्रमा पनि दुई देशबीच सहकार्य भइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले नि:शुल्क उपचार सेवा, नेपाली स्वास्थ्यकर्मीलाई तालिम तथा उपचार पद्धति र औषधिसम्बन्धी ज्ञान आदानप्रदान हुँदै आएको बताए ।

अकुपञ्चर उपचार पद्धति कम खर्चिलो र सर्वसाधारणको पहुँचमा रहेको उल्लेख गर्दै उहाँले आफूले समेत यससम्बन्धी तालिम लिएको र सामान्य स्वास्थ्य समस्यामा अभ्यास गर्दै आएको जानकारी दिए । ज्वरो, टाउको दुखाइ, ग्यास्ट्रिक तथा ढाड र जोर्नी दुखाइजस्ता समस्यामा अकुपञ्चर उपयोगी हुन सक्ने उनको भनाइ थियो ।

२०७२ सालको महाभूकम्प, कोभिड–१९ महामारी तथा गत भदौमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका क्रममा चीन सरकारले गरेको उद्धार, राहत तथा स्वास्थ्य सामग्री सहयोगप्रति उनले आभार व्यक्त गरे ।

चिनियाँ स्वास्थ्यकर्मीका टोलीले नेपालको दुर्गम तथा ग्रामीण क्षेत्रमा सञ्चालन गरेका नि:शुल्क स्वास्थ्य शिविरबाट हजारौँ नागरिक लाभान्वित भएको उनले बताए । उनले स्वास्थ्य क्षेत्रबाहेक बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत कनेक्टिभिटी, पूर्वाधार विकास, शिक्षा, प्रविधि, कृषि, पर्यटन तथा सांस्कृतिक आदानप्रदानका क्षेत्रमा पनि नेपाल–चीन सहकार्य भइरहेको उल्लेख रे । उनले नेपाल-चीनबीचको ऐतिहासिक मित्रता अझ सुदृढ बनाउँदै स्वास्थ्य, शिक्षा, प्रविधि, पूर्वाधार तथा मानवीय सेवाका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए ।

0 Comments