२९ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त

अ अ+ अ-

वासिङ्टन । अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौँ यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी समयसम्म जारी उडान रोक शनिबार राति करिब ८:१५ बजे(स्थानीय समय) अन्त्य भएपछि केही आन्तरिक उडान पुनः सञ्चालनमा आएका छन् । यद्यपि, उडान सेवा पूर्ण रूपमा सामान्य हुन अझै समय लाग्ने अधिकारीहरूले बताएका छन् ।

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)का अनुसार शुक्रबारको अवरोधका कारण निर्धारित उडानमध्ये करिब १२ हजार उडान सञ्चालन हुन सकेनन् । शनिबारका लागि निर्धारित ४१ हजार उडानमध्ये करिब पाँच हजार उडान रद्द  गरिएको थियो । पछिल्लो २५ वर्षयताकै सबैभन्दा लामो उडान रोकका कारण देशका विभिन्न विमानस्थलमा यात्रु अलपत्र परेका थिए ।

एफएएका प्रशासक ब्रायन बेडफोर्डले शनिबार हवाई यातायात प्रणाली स्थिर र सञ्चालनमा रहेको जानकारी दिए। उनले उडानमा अझै ढिलाइ तथा रद्द हुने समस्या देखिए पनि आइतबारसम्म सेवा पूर्ण रूपमा सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको बताए ।

“आज पनि उडानमा ढिलाइ र रद्द हुने समस्या रहनेछ, तर यसले भोलिसम्म पूर्ण रूपमा सेवा पुनः सञ्चालन गर्न सहयोग गर्नेछ,” बेडफोर्डले भने । उनले यात्रुहरूलाई परेको असुविधाप्रति क्षमायाचना गर्दै हवाई यातायात नियन्त्रक, विमान चालक तथा परिचारिकाहरूको कामको प्रशंसा गरे।

यसैबीच, अमेरिकी गृह सुरक्षा मन्त्री मार्कवेन मुलिनले उक्त समस्या साइबर आक्रमणका कारण भएको कुनै संकेत नरहेको र यसबाट कसैको ज्यान जोखिममा नपरेको बताएका छन् ।

यातायातमन्त्री सिन डफीका अनुसार शुक्रबार दिउँसो दुर्गम क्षेत्रमा रहेको हवाई यातायात प्रणालीको पुरानो तामाको तारलाई नयाँ फाइबर तारले प्रतिस्थापन गर्ने काम भइरहेको थियो । प्रणालीको एउटा भाग स्तरोन्नति भइरहेका बेला अत्यधिक भारका कारण समस्या उत्पन्न भएको उनले जानकारी दिए ।

प्रभावित यात्रुलाई राहत दिन विभिन्न विमान कम्पनीले टिकट परिवर्तन शुल्क हटाएका छन् । उडान रद्द भएका यात्रुले अर्को उडानमा नि:शुल्क स्थानान्तरण वा टिकटको पूर्ण रकम फिर्ता पाउने व्यवस्था गरिएको छ । केही कम्पनीले शुक्रबार र शनिबारका यात्रुका लागि मात्र नभई आइतबार र सोमबारका लागि टिकट बुक गरेका यात्रुलाई समेत यो सुविधा विस्तार गरेका छन् ।

अधिकारीहरूले अमेरिकी हवाई क्षेत्र सुरक्षित रहेको र सेवा क्रमश: सामान्य अवस्थामा फर्किरहेको बताएका छन् ।

0 Comments