२९ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोटरसाइकल चोरीको अनुसन्धानमा काठमाडौँबाट तीन जना पक्राउ

अ अ+ अ-

काठमाडौँ । चाबहिलमा सवारी जाँचका क्रममा चोरीको मोटरसाइकल फेला परेपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोटरसाइकलमा सवार दुई जना र उक्त मोटरसाइकल बेचेको आरोप लागेका एक जना छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कात्तिक २७ गते राति करिब ११ बजे प्रहरी वृत्त गौशालाको टोलीले चाबहिलमा मोटरसाइकल रोकेर जाँच गरेको थियो । त्यस क्रममा मोटरसाइकलमा सवार सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ घर भई गोकर्ण बस्ने तेन्जिङ लामा र जुगल-३ घर भई माकलबारी बस्ने लाक्पा शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सोधपुछका क्रममा उक्त मोटरसाइकल चोरीको भएको र समीर तामाङले बेचेको खुलेको प्रहरीले जनाएको छ । त्यसपछि खोजीमा खटिएको टोलीले जुगल-३ का २८ वर्षीय तामाङलाई कात्तिक २८ गते सुन्दरीजलको भद्रवासबाट पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा प्रहरीले एउटा मोटरसाइकल, एउटा स्कुटर, दुईवटा नम्बर प्लेट, एउटा सवारी दर्ता किताब, औजारको एउटा बाकस, १३ वटा टुलकिट र चारवटा मोबाइल फोन बरामद गरेको छ ।

चोरीसम्बन्धी कसुरमा अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

0 Comments