काठमाडौँ । आन्तरिक राजस्व विभागले छठको सार्वजनिक बिदा परे पनि कात्तिक मसान्तका दिन कर कार्यालयहरू खुला राख्ने निर्णय गरेको छ ।
गत आर्थिक वर्षको आय विवरण दाखिला गर्ने र आर्थिक ऐन, २०८३ अन्तर्गतका छुट तथा सुविधा उपयोग गर्ने अन्तिम दिन भएकाले विभागले सेवा सञ्चालन गर्न निर्देशन दिएको हो ।
विभागले ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र सबै आन्तरिक राजस्व कार्यालयलाई पत्र पठाएर राजस्व संकलन गर्ने बैंकसँग समन्वय गरी सेवा दिन निर्देशन दिएको छ ।
कर बक्यौता फरफारक तथा अन्त:शुल्क लाग्ने वस्तु निष्कासनमा करदातालाई उपलब्ध सहजीकरणको अवधि पनि कात्तिक मसान्तसम्मै छ ।





