३० कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न

अ अ+ अ-

महोत्तरी । उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व आज सम्पन्न भएको छ । गत शनिबार पञ्चमी तिथिका दिन मध्यरातपूर्वदेखि निराहार व्रत गरेका बर्तालुले आज सप्तमी तिथिका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिँदै यसपालिको छठ पर्व सम्पन्न गरेका हुन् ।

महोत्तरीसहितका तराई मधेशमा सूर्योदय हुनासाथ बर्तालुले सूर्यदेवलाई अर्घ्य अर्पण गरेका हुन् । यसअघि बर्तालुले निराहार व्रतकै बीच आइतबार साँझ षष्ठी तिथिका दिन अस्ताउँदा सूर्यलाई पहिलो अर्घ्य  दिएका थिए ।

अहिले सूर्य उपासनाको पर्व सम्पन्न भएसँगै बर्तालु छठी घाटबाट घर फर्केका छन् । यसअघि चौथीका दिन पवित्र स्नान गरी चोखोनीतो खाएर व्रत संकल्प गरेर ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका बर्तालुले  पञ्चमी तिथिका दिन राति एक छाक मात्र अलिनो खाएर ‘खरना’ विधि सम्पन्न गरेका थिए । कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म चार दिन यो  पर्व विभिन्न विधि साथ मनाइन्छ ।

अस्ताउँदा सूर्यदेवलाई पहिलो अर्घ्य दिइने षष्ठी तिथिको साँझको विधिलाई मिथिलामा ‘सझियाघाट’ वा ‘सझुका अरख’ भनिन्छ । यसैगरी, सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिएर पर्व सम्पन्न गरिने दिनलाई ‘भोरका अरख’ वा ‘पारन’ भन्ने गरिएको छ ।

पर्व सम्पन्न गरेर घर फर्केपछि बर्तालुले दीनदु:खी र आशामुखीहरुलाई अन्न, वस्त्र दान गरी प्रसाद ग्रहण गर्छन् । यससँगै पर्वका प्रसाद खाने ख्वाउने क्रम सुरु हुन्छ । यस पर्वमा ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार तथा केरा र अन्य फलफूल एवं माटोका भाँडामा जमाइएको दही सूर्यदेवलाई चढाइएका बस्तु प्रसाद हुन्छन् । मिथिलामा छठको प्रसाद खाने ख्वाउने क्रम महिना दिनसम्म चलिरहन्छ । खासगरी छोरीचेली, फुपू, मित र अन्य इष्टमित्रकहाँ छठको प्रसादको ‘भार’ (सोली) नै पठाउने मैथिल चलन छ ।

छठ व्रतको प्रभावले सुखसन्तोष प्राप्त हुने र रोग व्याध नलाग्ने जनविश्वास छ ।

0 Comments