३ मंसिर २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने

तोकिएका क्षेत्रमा तालिकाअनुसार बिहान १०:३० देखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।

अ अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न क्षेत्रमा विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आजदेखि १४ गतेसम्म  विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।

प्राधिकरणले एक सूचना जारी गर्दै कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा विद्युत् आपूर्ति बन्द हुने जनाएको हो ।

प्राधिकरणका अनुसार २०८३ मंसिर ३ गतेदेखि मंसिर १४ गतेसम्म विभिन्न स्थानमा बिहान १०:३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

तालिकाअनुसार मंसिर ३, ६ र ८ गते नैकापको बल्खु खोला पुल क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ। मंसिर ४ गते लुम्बिनीदेखि शिफल ग्राउन्डसम्म र ५ गते स्युचाटार पुल क्षेत्रमा आपूर्ति रोकिनेछ।

मंसिर ७ गते कोटेश्वर–इमाडोल फिडरअन्तर्गत ईडीटीआर ९ र ९एमा आपूर्ति बन्द हुनेछ। कोटेश्वर फिडरअन्तर्गत मंसिर ९ गते ईडीटीआर २६ए र ४ तथा १२ गते ईडीटीआर ८ए र ८मा आपूर्ति रोकिनेछ।

मंसिर १० र १४ गते शिफल ग्राउन्डदेखि कालोपुलसम्म, ११ गते सतुङ्गलदेखि ढुङ्गे अड्डासम्म र १३ गते बलम्बुदेखि सगरमाथा स्याटेलाइट स्टेसनसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।

प्राधिकरणले मौसम प्रतिकूल भएमा उल्लिखित कार्यतालिका रद्द हुने पनि जनाएको छ । विद्युत् आपूर्ति अवरुद्ध हुँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।

हेर्नुहोस् सूचना :

0 Comments