२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फोहरको थुप्रोबाट खानेकुरा टिपेर भोक मेटाउने शङ्करप्रसाद

अ+ अ-

काठमाडौं । झुम्म दारीजुँगा, गुजुल्टिएको कपाल, थोत्रो ज्याकेटमाथि मैलो ब्ल्याङ्केट ओढेका ती व्यक्तिको साथमा बोराभित्र राखिएको थोत्रा कपडा थियो । छेउमा दुई वटा माटाका आरीमा खाएर छाडेको एकमुठी भात छोपेर राखिएको थियो ।

झोलामा पानीका बोतलसहित एउटा स्याउ, नुनको पोको, गेडागुडी, लसुन, मकै लगायतका खानेकुरा थियो । अर्को झोलामा फोहरबाट सङ्कलन गरिएको खानेकुरा नजीकै बोराभित्र कतै फ्याँकिएको अवस्थाबाट टिपेर जोहो गरेको फम (म्याट) केही बाँसका दाउरा र पानी पर्दा छेकोका लागि एउटा थोत्रो छाता थियो ।काठमाडौँको बबरमहल अगाडिको यात्रु प्रतीक्षालय छेउमा आज अपराह्न ३ बजे यस्तो अवस्थामा थिए शङ्करप्रसाद । उनी फोहरबाट टिपेको खाना खाने तर्खरमा थिए । अर्को खाना ल्याइदिने भन्दाभन्दै पनि उनले नुनमा मोलेर खाना खाए।

यस्तैमा दैनिकी गुजार्दै आएका उनको नेपाल पत्रकार महासंघको लेखा समिति संयोजक रोशन पुरीको पहलमा आज मानवसेवा आश्रमले उद्धार गरेको छ । पुरीका अनुसार भारत घर बताउने शङ्करप्रसाद सडकमै खाने र सडकमै सुत्दै आएको करीब दुई महीना भयो ।

थाहासञ्चार नेटवर्कका समाचार प्रमुखसमेत रहनुभएका पुरीले कार्यालय आउँदाजाँदा उनीलाई देखेर मन खिन्न हुने गरेकाले उद्धारको पहल गरेको बताए। “बाटोमा आउँदाजाँदा सधैँ बिजोग अवस्था देखिन्थ्यो, त्यसैले मन मानेन, आज आश्रमले उद्धार गर्‍यो पुण्य काम भएको महसुश भएको छ,’ पुरीले शङ्करप्रसाद उद्धारको अनुभव सुनाए ।

चार दिनअघि उनले खबर गरेपछि मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी र काठमाडौँ संयोजक सुमन बर्तौलाले उनीलाई केही दिनदेखि उद्धारको प्रयास गरेका थिए । बेलाबेलामा खानेकुरा खोज्न जाने गरेकाले निकै पछ्याउँदासमेत फेला नपरेका शङ्करप्रसादलाई आज अपराह्न भेटिएपछि उद्धार गरेर मानवसेवा आश्रम गोङ्गबु लगिएको छ । फोहरबाट खानेकुरा नपाउँदा उनले आरीमा भात पकाएर खाने गरेका थिए ।

नेपाली भाषा नबुझ्ने उनले हिन्दीमा बताएअनुसार भारतबाट घुम्न पशुपति आएका बेला साथीसँग छुटेपछि पैसा नभएर स्वदेश फर्कन सक्नुभएन । विकल्पमा उहाँको बास सडकमा हुनपुग्यो । ‘पैसा दिनुस्, म घर जान्छु’, कुराकानीका क्रममा उनले भने ।

इलेक्ट्रिकल्सको काम जानेका शङ्करप्रसादले कसैले काम गर्न दिए कामसमेत गर्ने बताए । घर जान इच्छुक भए पनि पैसा नभएको उनले दुःखेसो पोखे ।’अघिल्लो महीनासम्म राम्रै मान्छे जस्तो देखिन्थे, दिनदिनै उनको अवस्था नाजुक बन्दै गयो,’ पत्रकार पुरीले भने ।

सडकका असहाय, असक्त, मनोरोगी तथा मागेरसमेत खान नसक्नेहरुको उद्धार गर्दै आएको मानवसेवा आश्रमले उनीसँगै आजमात्रै काठमाडौँका विभिन्न क्षेत्रबाट पाँच जनालाई उद्धार गरेको काठमाडौँका संयोजक सुमन बर्तौलाले जानकारी दिए ।

बर्तौलाले भने,’उनीलाई अब सरसफाइ गरेर, चिकित्सकीय सेवासँगै, मनोविमर्श सेवासमेत दिन्छौँ, अनि पारिवारिक वातावरणमा घुलमिल भएपछि आफ्नो ठाउँ ठेगाना बताउँदै जानछन्, त्यसपछि परिवार फेला पारेमा भारतमै पुगेर पनि परिवारमा पुनः मिलन गराउने प्रयास गर्छौं ।’ परिवार फेला नपरेसम्म आश्रमले नै संरक्षण गर्ने उनले बताए । यसअघि पनि भारतका धेरैलाई यसैगरी सडकबाट उद्धार गरी परिवार पत्ता लगाएर पुनः मिलन गराएको आश्रमले जनाएको छ ।

अहिले काठमाडौँको दुई आश्रममा मात्रै ९० जना सहयोगापेक्षीलाई उद्धार गरेर संरक्षण गरिएको उनले बताए । देशका १२ जिल्लामा १४ शाखामार्फत सेवा दिँदै आएको आश्रमले अहिलेसम्म एक हजार ७०० को उद्धार गरेकामा ५०० भन्दा बढीलाई परिवारमा पुनःमिलन गराइसकिएको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए ।