काठमाडौँ । नयाँ पत्रिका दैनिकका संवाददाता नवराज मैनालीलाई साइबर ब्युरोमा उपस्थित गराउन भन्दै सादा पोसाकका प्रहरी कार्यालयमै पुगेका छन्।
शुक्रबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको बताउने पाँच जना प्रहरी नयाँ पत्रिकाको कार्यालयमा पुगेका हुन्।
प्रहरी टोलीले संवाददाता मैनालीलाई साइबर ब्युरोमा लैजानुपर्ने जनाउँदै कार्यालयमा प्रतीक्षा गरिरहेको छ। प्रहरी टोली पक्राउ पुर्जीबिना कार्यालय पुगेको कार्यरत पत्रकारले जानकारी दिएका छन्।
यसअघि शुक्रबार नै प्रहरीले नेपाल प्रेस अनलाइनका पत्रकार विश्वमणि सुवेदीलाई बानेश्वरस्थित समाचार कक्षबाट नियन्त्रणमा लिएर साइबर ब्युरो पुर्याएको थियो।




