डोटी । नागरिक र प्रहरी एक सिक्काका दुई पाटा हुन् एक बिना अर्को अपुरो हुने डोटीका निमिक्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले बताए ।
आईतबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वाधान र जिल्ला प्रहरी कार्यालय डोटीले सिलगढीमा आयोजना गरेको नागरिक मैत्री सेवा र मावब अधिकार विशेष ५ दिने धुम्ति अनुशिक्षण तालिमको उद्धाटन गर्दै सो कुरा बताएका हुन् ।
नागरिक र प्रहरी एक सिक्काका दुई पाटा हुन एक बिना अर्को अपुरो हुन्छ नागरिक छ त प्रहरीको आवश्यकता हुन्छ प्रहरी छत जनताले शान्ति सुरक्षाको अनुभुति गर्ने गर्दछ त्यसैले दुईपक्षको सम्बन्ध बराबर रहेको निमिक्त प्रमुख जिल्ला अधिकारी टेक नारायण पौड्यालले बताए । उनले भने ‘प्रहरीको भुमिकालाई प्रभावकारी बनाई शान्ति र अपराधमुक्त समाज निमार्णमा नागरिकको अहम भुमिका हुन्छ ।
दुई पक्ष विचको सम्बन्धलाई थप कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा नेपाल सरकारले समय समयमा विभिन्न खालका कार्यक्रमहरुको आयोजना गरिरहेको छ ।’ यस्ता तालिमहरुले पनि प्रहरीले प्रवाह गर्ने सेवा सुविधा कसरी नागरिक मैत्री बनाउन सकिन्छ भन्ने विषयमा सहयोग पुग्ने समेत बताए ।
नागरिक र प्रहरी विचको सम्बन्धलाई प्रभावकारी बनाई नागरिक मैत्री सेवा प्रबाह, मानबअधिकारको संरक्षण, दिगो शान्ति सुरक्षा कसरी गर्न सकिन्छ भन्ने लगाएतका विषय बस्तुहरुको बारेमा तालिममा छलफल गरिने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक एवं निमिक्त प्रहरी प्रमुख लाल बहादुर धामीले बताए ।
उनले भने ‘नेपाल प्रहरी आफुले जाने बुझे र गर्न सकिने सम्म सेवा प्रवाहमा अहोरात्र खटेको छ । त्यसमा थप प्रभावकारीता ल्याउन नागरिकमैत्री सेवा, महिला हिंसामा कमी, मानब अधिकारको संरक्षणका विषय बस्तुमा नयाँ तरिका र ज्ञान आर्जन गर्न आवश्यक छ ।’ डोटी जिल्लाका नागरिक र प्रहरी विचको सम्बन्ध प्रघाढ बनाई शान्ति सुरक्षाको अनुभुति गराउन सभ्य समाज स्थापना गर्न विभिन्न प्रकारका जनचेतनामुलक, कार्यक्रम अभियानहरु र तालिमहरुको आयोजना गरिरहेको समेत नि.प्रमुख धामिले बताए ।
पाँच दिन सम्म चल्ने उक्त अनुशिक्षण तालिममा जिल्ला प्रहरी कार्यालय मातहतका ३५ जना प्रहरी जवान, हवल्दारहरुको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । तालिमको सहजिकरण केन्द्रले तोकेर पठाएका १ जना प्रहरी उपरीक्षक र १ जना प्रहरी नायब उपरिक्षकले गर्ने समेत जिल्ला प्रहरी कार्यालयले बताएको छ ।









