२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली प्रदेश समन्वय परिषद्को बैठक शुरु

अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशको प्रदेश समन्वय परिषद्को पहिलो बैठक आजदेखि राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुरु भएको छ ।

बैठकको उद्घाटन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यो प्रदेशको प्राकृतिक स्रोत साधनको समूचित उपयोग, तीनको व्यवस्थापन र पहिचानका विषयमा छलफलगरी एकरुपता ल्याउने र सबै तहको अधिकारमा स्पष्टता गराउने ध्येयले बैठकको आयोजना गरिएको बताए ।

“संघीय संरचनामा जाँदा देखिएका केही अलमल छन्,’ मुख्यमन्त्री शाहीले भने, ‘यो बैठकमा त्यसको स्पष्ट धारणा निकाल्दै कसरी तीन वटा सरकारको समन्वयबाट विकास सम्भव छ र प्रदेश र स्थानीय तहको संरचना कस्तो हुनसके कामकारवाही अघि बढ्नसक्छ भन्ने कुराको निक्र्यौल निकाल्छौं ।’

केन्द्रबाट आएको बजेटले पनि खास कर्णालीको अपेक्षित विकास हुन नसकेको र सामाजिक विकासका क्षेत्रमा थुर्पै बजेट खर्च भए पनि तीनबाट उल्लेख्य परिणाम नदेखिएको बताउँदै मुख्यमन्त्री शाहीले भने, ‘हामी कानून निर्माणको चरणमा हामी छौं । त्यसैले कस्ता कानून बनाउँदा हाम्रा लागि सहज हुनसक्छ रु भन्नेमा बैठक केन्द्रित हुनेछ ।’

उनका अनुसार दुई दिनसम्म सञ्चालन हुने बैठकको अन्तमा दुई तहको साझा बुझाइलाई एकीकृत गरेर प्रतिबद्धतासहितको घोषणा पत्र जारी गर्नेछ । स्थानीय सरकार, प्रदेश र संघले कति र कस्ता खालका सडक बनाउने भन्ने कुराको निक्र्यौल पनि यो बैठकले निकाल्ने जनाइएको छ ।

उद्घाटन कार्यक्रममा प्रदेश मन्त्रालयका विभागीय सचिवले मन्त्रालयगत रुपमा प्रगतिको अवस्थाका बारेमा आफ्नो प्रस्तुति राखेका छन् । बैठकमा प्रदेश सभामुख, कर्णाली सरकारका मन्त्री, संघीय संसद्, प्रदेशसभा सदस्य, विज्ञ, जिल्ला समन्वय समिति तथा नगरपालिकाका प्रमुख/उपप्रमुख, गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष, जिल्ला समन्वय अधिकारी, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको छ ।