२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रविधिको पहुँच दूरदराजसम्म : सञ्चारमन्त्री बाँस्कोटा

अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आधुनिक सञ्चार तथा प्रविधिको पहुँच दूरदराजससम्मका जनताको पहुँचमा पुर्‍याइने बताएका छन् ।

कम्प्युटर एशोसिएशन नेपाल (क्यान) ले आयोजना गरेको सूचना प्रविधिसम्बन्धी मेला ‘सुविसु क्यान इन्फोटेक’को २५औँ संस्करणमा आज मन्त्री बाँस्कोटाले प्रविधिको प्रयोग शहरीया उच्च वर्र्गले मात्र नभई दुर्गम गाउँका गरीब जनताले उपभोग गर्नेगरी प्रविधिको पहुँचलाई विस्तार गरिने उल्लेख गरे।

‘सूचना प्रविधिमा आधारित उद्योग, ज्ञान, सीप र क्षमतालाई सम्पूर्ण तहमा व्यक्ति र संस्था अर्थात् ‘करोडपतिका बीचमा मात्र होइन, दुई हजार रुपैयाँको ज्येष्ठ नागरिक भत्ताले जीवन धान्ने परिवारमा’ पनि प्रविधिलाई कसरी पु¥याउने भन्ने सरकारको सोचाइ छ । बरु, कुन तरिकाबाट पुर्‍याउन सकिन्छ, तपाईं सरोकार भएका सबैको साथ चाहिन्छ । अहिले बलियो सरकार छ, नीति र बजेटमा व्यवस्थापन गर्न सकिन्छ’, सञ्चारमन्त्री बाँस्कोटाले भने ।

उनले ‘डिजिटल नेपाल’ को नाराअनुरुप सरकारले प्रविधिको विकास, विस्तार र पहुँच अभिवृद्धिलाई प्राथमिकता दिएको उल्लेख गर्दै सूचना प्रविधिको बहुआयामिक विकास र उपभोगलाई व्यवहारिक र सुलभ बनाई मुलुकको आर्थिक समृद्धिसँग जोडिनुपर्ने खाँचो औँल्याए ।

उनले भने– ‘प्रविधिमा नयाँ आविष्कारले उपभोक्ताको विलासिता बढाउँदा ठूलो धनराशि मुलुक बाहिर गइरहेको छ । यसलाई सस्तो, सुलभ, पहुँच र अपरिहार्य बनाउनुपर्छ । सूचना प्रविधि व्यक्ति र संस्थामा केन्द्रित होइन, हरेक जनताको घरघरमा पुगोस् जसले उनीहरुको दैनिक जीवनमा सहजता ल्याओस् ।’

फरक प्रसङ्गमा सञ्चारमन्त्री बाँस्कोटाले प्रविधिको विकास विस्तारका लागि सरकारले छिट्टै आफ्नै ‘स्याटेलाइट’ र ‘सेक्युरिटी प्रिन्टिङ’ स्थापना गर्ने जानकारी दिए ।

प्रविधिको महत्वलाई ध्यानमा दिएर निर्माण हुने औद्योगिक क्षेत्रमा सूचना प्रविधिको क्षेत्रलाई स्थान छुट्याउन सम्बन्धित मन्त्रालयलाई पत्राचार गरिएको मन्त्री बाँस्कोटाको भनाइ छ ।

उद्योग प्रवद्र्धन तथा लगानीमैत्री वातावरण सिर्जना गर्न सरकार उत्साहित रहेकाले नीतिगत सुधारमा कुनै कञ्जुस्याइँ गर्दैन भन्दै उनले व्यवसायीले पनि लगानीलाई पारदर्शी बनाई परिवर्तनलाई गति दिने गरी अघि बढ्न आग्रह गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सूचना प्रविधिको विकास, विस्तार र प्रोत्साहनका लागि सरकारले लगानी बढाउनुपर्ने बताए ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्लले प्रविधिको पहुँच दुर्गम गाउँसम्म पुर्‍याउन सरकार र निजी क्षेत्रको साझेदारिता चाहिने उल्लेख गरे ।

सुविसु इन्टरनेट प्रालिका अध्यक्ष सुधीर पराजुली र ई–सेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले आधुनिक सूचना प्रविधिमा युवा पुस्तालाई आकर्षण गरी रोजगारी सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराए ।

क्यान महासंघका अध्यक्ष हेमन्त चौरसियाले सरकारले लिएको ‘डिजिटल ट्रान्सफरमेशन’ को अवधारणलाई सार्थक तुल्याउन संस्थाले प्रविधि प्रवर्द्धनात्मक कामलाई तीव्रता दिने उल्लेख गरे ।

क्यान इन्फोटेक मेला शुरु

सूचना तथा सञ्चार प्रविधिलाई नागरिकसम्म पुर्‍याउने उद्देश्यले क्यान महासंघको आयोजनामा आजदेखि भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा क्यान इन्फोटेक मेला शुरु भएको छ ।

‘सुविसु क्यान इन्फोटेक २०१९ इन एशोसिएशन विथ ई–सेवा’ नाम दिइएको उक्त मेलामा कूल १७५ कक्ष रहेका छन् । आगामी छ दिनसम्म सञ्चालन हुने उक्त मेलामा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न स्वदेशी र विदेशी सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता छ ।

मेला अवलोकनकर्ताले एकै थलोमा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरीद गर्न पाउनेछन् । प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज तथा तालीम प्रदायक संस्थाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

यसपटक पनि मेलामा प्रविधिका नयाँ आविष्कार, रोबोट प्रदर्शनी तथा कृषि उत्पादनमा प्रविधिको प्रयोगसम्बन्धी आविष्कार लगायतबारे जानकारी गराइनेछ । मेला अवलोकनकर्ताले विदेश भ्रमणदेखि स्वदेशकै पर्यटकीयस्थलसम्मको भ्रमणको अवसर पाउनेछन् । बम्पर पुरस्कारबापत इण्डोनेशियाको बाली र थाइल्याण्डको बैंकक भ्रमणका लागि एक/एक जोडीले दुई रातका लागि खाने बस्नेसहित जान–आउने टिकट पाउनेछन् ।

मेला अवलोकनका लागि सर्वसाधरणलाई प्रवेश शुल्क रु १०० र विद्यार्थीका लागि रु ५० तोकिएको छ । माघ १७ गते ‘बिजनेस डे’का दिन भने सबैले रु १०० शुल्क तिर्नुपर्नेछ । मेलालाई व्यवसायीले व्यापार विस्तारका साथै नयाँनयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्नसक्ने क्यान महासंघका महासचिव रञ्जीतकुमार पोदारले बताए ।

इन्फोटेकका मुख्य प्रायोजक सुविसु केवलनेट प्रालि र एसोसिएट प्रायोजक ई–सेवा रहेको छ । मेलामा विशेष आकर्षणका रूपमा मेलामा रहने राबोटिक्स क्षेत्रमा पाँच दिनसम्म रोबोट ब्याटल प्रतिष्पर्धा गरिनेछ ।