२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकी प्रदेशस : दुई विधेयक विधायन समितिमा

अ+ अ-

पोखरा । गण्डकी प्रदेशसभाको आज बसेको बैठकले औद्योगिक व्यवसाय विधेयक र ताल संरक्षण तथा विकास प्राधिकरणसम्बन्धी विधेयक विधायन समितिमा पठाउने निर्णय गरेको छ । दुवै विधेयकको सामान्य छलफलपछि विधायन समितिमा पठाइयोस् भन्दै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले गरेका प्रस्तावलाई सभाले सर्वसम्मत स्वीकृत गरेको हो ।

औद्योगिक व्यवसाय विधेयकमाथिको सामान्य छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङ, डोवाटे विश्वकर्मा र पियारी थापाले उद्योग क्षेत्रमा लगानीको आकर्षण गर्दै यसलाई प्रभावकारी रुपमा अघि बढाउन विधेयक महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे ।

ताल संरक्षण तथा विकास प्राधिकरणसम्बन्धी विधेयकको सामान्य छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य राजीव पहारी, विन्दुकुमार थापा र हरिशरण आचार्यले तालको संरक्षण तथा विकासका लागि प्राधिकरण आवश्यक रहेको भन्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

दुवै विधेयकमाथिको सामान्य छलफलमा उठेका विषयमा छुट्टाछुट्टै धारणा राख्दै उद्योग, मन्त्री लम्सालले सदस्यहरूले उठाएका विषयलाई विधायन समितिमा दफावार छलफल गरिने बताए ।

आजको बैठकमा विशेष समयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सोमबार प्रदेशसभा सदस्य राजीव गुरुङको शपथ सम्बन्धमा प्रतिपक्षलाई कुनै जानकारी नगराइएको बताउँदै शपथ प्रक्रिया गलत भएको उल्लेख गरे ।

प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले लगातारको हिमपातसँगै विद्युत्का पोल भाँचिदा बाग्लुङका विभिन्न स्थानमा विद्युत् अवरुद्ध भएकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले हिमपातका कारण धनजनको क्षति भएको बताउँदै तत्काल राहत एवम् क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे। कुमार खड्काले बजेट पारित भएको आठ महीना बितिसक्दा पनि दुई प्रतिशत मात्र विकास खर्च भएको भन्दै सरकारले जनअपेक्षाअनुरुप काम गर्न नसकेको आरोप लाए ।

विशेष समयमा प्रदेशसभा सदस्य विनोद केसी, कृष्ण थापा, हरिशरण आचार्य र जुनादेवी नेपालीले बोले भने शून्य समयमा डोवाटे विश्वकर्मा र मणिभद्र शर्माले बोलेका थिए । अर्को बैठक आगामी माघ २३ गते दिनको १ बजे बस्नेछ ।