२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शहीदको योगदानको सम्मान गरौँ : मुख्यमन्त्री पौडेल

अ+ अ-

हेटौँडा । मुख्यमन्त्री डोरमणि पौडेलले शहीदको सपनाअनुसार प्राप्त उपलब्धिकै कारण नेपालमा राजनीतिक सफलता प्राप्त गरेको बताएका छन् ।

प्रदेश सरकारको आयोजनामा आज प्रदेश राजधानी हेटौँडाको शहीद स्मारकमा आयोजित समारोहमा बोल्दै मुख्यमन्त्री पौडेलले निरङ्कुश व्यवस्था स्वीकार गरेर माफी माग्नुभन्दा प्रजातन्त्रका लागि हाँसीहाँसी जीवन त्याग गर्ने शहीदको योगदान अमूल्य भएकाले सम्मान गरिनुपर्ने उल्लेख गरे ।
हेटौँडाको चर्चित शहीद स्मारकका संस्थापकसमेत रहेका पौडेलले नेपाल निर्माण अभियान तथा नेपाल अङ्ग्रेज युद्धमा योगदान दिने भक्ति थापा एवं विभिन्न समयमा शहीद भएकाप्रति सम्मान व्यक्त गर्न स्मारक स्थापना गरिएको स्मरण गर्दै आज आफू मुख्यमन्त्री हुँदासमेत स्मारक व्यवस्थापनको जिम्मेवारी छाड्न मन नलागेको बताए ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले नेपालमा स्वतन्त्रता, स्वाधिनता र प्रजातन्त्रको माग राखी आफ्नो जीवन नै अर्पण गर्ने शहीदको त्याग, तपस्या र बलिदानको सदैव स्मरण र सम्मान गरिनुपर्ने बताए । जहाँनिया राणा शासनदेखि संविधान निर्माण प्रक्रियासम्मका हरेक आन्दोलनमा शहीदले आफ्नो रगत बगाएर देशमा गणतन्त्र स्थापना भएको र राजनीतिक आन्दोलन समाप्त भएकाले अब आर्थिक क्रान्तिमा लाग्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशका मन्त्रीहरु, उपसभामुख, प्रदेश योजना आयोगका सदस्य, प्रदेश सांसद, नेपाली सेनाका मध्यपृतनापति, प्रदेश प्रहरी प्रमुख तथा प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहका प्रतिनिधिको उपस्थिति रहेको कार्यक्रममा शहीदको प्रतिमामा पुष्पगुच्छा अर्पण तथा माल्यार्पण गरेर शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।