पुच्छरहरू जिउ तान्छन् यहाँ, अचम्म हुन्न
अल्छीहरू घिउ खान्छन् यहाँ, अचम्म हुन्न ।
रामनामी गुथिगुथी प्रवचन दिनेहरू समेत
लुकिलुकी मार हान्छन् यहाँ, अचम्म हुन्न ।
यात्रीहरू न धाउने हो देवालय, तर खै
उल्टै देवता जान्छन् यहाँ, अचम्म हुन्न ।
ठिक्ठिकै भन्नु हुन्थ्यो बिरालोेसम्म भए त
बोकाहरू बाघ ठान्छन् यहाँ, अचम्म हुन्न ।
जप र तप चाहिन्छ भन्ने पो सुनेको हुँ
गफले नै देश धान्छन् यहाँ, अचम्म हुन्न ।
लगइन गर्नुहोस्
प्रतिक्रिया दिनको लागि कृपया लगइन गर्नुहोस् ।
0 Comments







