२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली प्रदेश विपत्को उच्च जोखिममा

अ+ अ-

सुर्खेत । मुलुकका साता प्रदेशमध्ये कर्णाली प्रदेश प्राकृतिक विपत्का हिसाबले उच्च जोखिममा रहेको बताइएको छ ।

यहाँ आयोजित ‘विपद पूर्वतयारी एवं प्रतिकार्य योजना तालीम तथा कार्यशाला’ गोष्ठीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आपतकालीन तथा विपत् एकाइ, स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख चुडामणि भण्डारीले भूकम्पसहित अन्य प्राकृतिक विपत्मा कर्णाली उच्च जोखिम रहेको बताए।

‘वैज्ञानिक खोज एवं भविष्यवाणीअनुसार कर्णालीसहित सुदूरपश्चिम प्रदेश भूकम्पको उच्च जोखिम छन्’, प्रमुख भण्डारीले भने,’यसलाई ध्यानमा राखेर तीनवटा प्रदेशको संयुक्त कार्याशला गोष्ठी कर्णालीमै राखेका हौँ ।’

केन्द्रमार्फत चलेको ‘विपत् पूर्वतयारी एवं प्रतिकार्य योजना तालीम’ २०७० बाट शुरु भई ०७५ साउन १ गतेबाट संरचना लागू भएको जानकारी दिँदै उनले भने, ‘निजी तथा सरकारी अस्पताल, प्रतिष्ठानमा आइपर्ने विपत् प्रतिकार्यमा सहयोग पुर्‍याउने हेतुले कर्णालीमा कार्याशाला गोष्ठी गरेका छौँ ।’

उनले दाङ, नेपालगञ्ज, डडेल्धुराका लागि सामग्री उपलब्ध गर्ने र स्वास्थ्यकर्मीलाई तालीम दिने बताए । सुर्खेतमा सञ्चालित चारदिने यो तालीमपश्चात यसलाई अभ्यासमा लैजाने उनको भनाइ थियो । तालीमबाट अस्पतालमा पूर्वतयारी र आपत्कालीन अवस्थामा कसरी सेवा दिने भन्ने कुराको यथेष्ट सिकाइ हुने अपेक्षा गरिएको छ ।

गोष्ठीमा सुदुरपश्चिम, कर्णाली र प्रदेश नं ५ का ५० चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता छ । उनीहरुबीच अस्पताल क्षेत्रमा आइपर्ने विपत्बाट बच्न गर्नुपर्ने पूर्वतयारी, अपनाउनुपर्ने उपाय र प्रतिकार्य योजना निर्माणका विषयमा व्यापक छलफल भइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक धर्मराज गोसाईँले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आपत्कालीन तथा विपत् व्यवस्थापन एकाइ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको संयुक्त आयोजना तथा विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा बिहीबारदेखि अस्पताल विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना तालीम कार्याशाला गोष्ठी राजधानी सुर्खेतमा सञ्चालन भइरहेको छ ।