१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटकको पर्खाइमा ज्यामरुककोट

अ+ अ-

गलेश्वर । सातवटा हिमाल र ३० भन्दा बढी गाउँ आँखै अगाडि देख्नसकिने पर्यटकीय सम्भावनाले युक्त ज्यामरुककोट पर्यटकको पर्खाइमा रहेको छ ।

म्याग्दीको बेनी नगरपालिका–२ मा अवस्थित ज्यामरुककोटको कोटडाँडोबाट सात वटा हिमशृङ्खलाका साथै दर्जनौँ गाउँ, वनजङ्गल र नदीहरूको नागबेली दृश्य देख्न सकिन्छ ।

पर्यटकीय, जैविक र सांस्कृतिक सम्भावनाले युक्त ऐतिहासिक र पुरातात्विक स्थल ज्यामरुककोट प्रशस्तै प्राकृतिक सौन्दयले युक्त भएर पनि प्रचारप्रसार र भौतिक पूर्वाधारको अभावमा ओझेलमा परेको छ ।

सदरमुकाम बेनीबजारदेखि करीब चार किलोमिटरको दूरीमा रहेको ज्यामरुककोटमा पर्यटकलाई आकर्षित गर्नसक्ने प्रशस्त सम्भावना रहेका छन् । ज्यामरुककोटको कोटडाँडोबाट धौलागिरी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे लगायत सात वटाभन्दा बढी हिमशृङखलाको दृश्यावलोकन, धौलागिरी र गण्डकी क्षेत्रका ३० वटाभन्दा बढी गाउँ, सूर्योदय, ग्रामीण सौन्दर्य र सदरमुकाम बेनीबजारका साथै म्याग्दी नदी र कालीगण्डकीको नागबेली दृश्य देख्न सकिन्छ ।

त्यसका साथै यहाँ १७ औँ शताब्दीको धार्मिक र ऐतिहासिक स्थल खड्ग भवानी कोट, ऐतिहासिक राजकुवा, मल्लकालीन हातहतियारलगायत प्रशस्तै प्राकृतिक र ऐतिहासिक सम्पदाहरू रहेका स्थानीय अगुवा भीमबहादुर पौडेलले बताए ।

जिल्ला सदरमुकाम बेनीबजारदेखि नजिकै रहेको भए पनि सम्बन्धीत निकायले ध्यान दिन नसक्दा पश्चिम नेपालकै एक ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको महत्वपूर्ण स्थल गुमनाम रहेको स्थानीय युवा कृष्णप्रसाद शर्माले बताए ।

ज्यामरुककोटमा स्वास्थ्य शिविर हुने

म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको भकुण्डेमा यही फागुन ११ गते विशेषज्ञ सेवासहितको बृहत् स्वास्थ्य शिविर आयोजना गरिनेभएको छ ।

म्याग्दी–पोखरा चौतारीको आयोजना, ज्यामरुककोट समाज नेपाल र बेनपा–२ को सहआयोजनामा हुन लागेको उक्त शिविरमा पोखराका ख्याती प्राप्त विशेषज्ञ चिकित्सकहरूद्वारा सेवा प्रदान गरिने बृहद् स्वास्थ्य शिविर आयोजक समितिका संयोजक एवम् म्याग्दी–पोखरा चौतारीका उपाध्यक्ष गोपाल घिमिरेले जानकारी दिए ।

स्वास्थ्य शिविर संयोजक घिमिरेले दिएको जानकारी अनुसार शिविरमा हाडजोर्नी तथा नशा रोगका विशेषज्ञ डा भरत खत्री, स्त्रीरोग विशेषज्ञ डा छममाया पुन, नाक, कान, घाँटीका विशेषज्ञ डा कृष्णचन्द्र रिजाललगायत फिजिसियनका विशेषज्ञ चिकित्सकद्वारा सेवा प्रदान गरिनेछ ।

पहिलो पटक आफ्नै घरदैलोमा विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य सेवा प्रदान गर्न लागिएकाले शिविरबाट लाभ लिन ज्यामरुककोट क्षेत्रका बासिन्दालाई आयोजकले आग्रह गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस