१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षकविनाका कम्प्युटर शिक्षा

अ+ अ-

जाजरकोट । चार वर्ष अघि यहाँ जिल्ला शिक्षा कार्यालयले वितरण गरेका कम्प्युटर कामविहीन भएका छन् ।

विषयगत शिक्षकको अभाव र प्रयाप्त स्रोत सामग्री नहुँदा कम्प्युटर शिक्षा प्रभावकारी हुन नसकेको हो । कम्प्युटर पाएका विद्यालयले विषयगत शिक्षक नहुँदा किताव भट्याएर विद्यार्थीलाई पढाउने गरेका छन् । कार्यालयले उपलब्ध गराएको कम्प्युटर खोल्ने र बन्द गर्नेबाहेक अन्य काम नभएको विद्यालयले जनाएका छन् ।

जाजरकोटमा सबै माविमा दुई थान कम्प्युटर उपलब्ध गराएर विद्यार्थीलाई अभ्यास गराउने उद्देश्य राखे पनि दक्ष शिक्षक नहुँदा ढाटैबाट कम्प्युटर हेर्नुबाहेक अन्य काम नभएको जानकी मावि मैदेका स्थानीय जगत गिरीले बताए । स्थानीय सरकारले पनि नमूना विद्यालय बनाउने भन्दै विभिन्न कार्ययोजना अगाडि सारेका छन्, तर कम्प्युटर शिक्षक र सीमित कम्प्युटरका कारण समस्या भएको विद्यालयले जनाएका छन् ।

शिक्षकविनाका कम्प्युटर बन्द कोठाका साथी भएको शिक्षकको भनाइ छ । विद्यालयमा आम्दानीको स्रोत नहुँदा निजी स्रोतबाट कम्प्युटर शिक्षक राखेर पढाउन नसकिएको नलगाड नगरपालिका–८ स्थित पञ्च भयार माविका प्रधानाध्यापक हुमप्रकाश सिंहले बताए । प्रावि तहका शिक्षकको भरमा मावि तह सञ्चालन गर्नुपर्ने जाजरकोटका अधिकांश विद्यालयको बाध्यता रहेको छ ।

पर्याप्त शिक्षक दरबन्दी नहुँदा अधिकांश विद्यालयले निजी स्रोतबाट शिक्षक राखेर विद्यालय सञ्चालन गर्दै आएका छन् । स्थानीय वन उपभोक्ता समूह, स्थानीयवासीले सङ्कलन गरेको चन्दा, विकास निर्माणबाट आएको रकमबाट विद्यालय चल्दै आएको सरस्वती मावि बारेकोट गाउँपालिका–५ का प्रधानाध्यापक मनबहादुर सिंहले बताए।

अहिले अधिकांश विद्यालयमा रहेका कम्प्युटर, भिडियो हेर्न र फेसबुक चलाउन मात्र प्रयोग भएको देखिन्छ । प्रत्येक माविमा दूरसञ्चार प्राधिकरण र वर्डलिङ्कको सहकार्यमा इन्टरनेट जडान गरे पनि विद्यार्थीले प्रयोग गर्न पाएका छैनन् ।

कम्प्युटर शिक्षालाई प्रभावकारी बनाउन स्थानीय सरकार र केन्द्र सरकारले ध्यान नदिने हो भने लाखौँको रकम बालुवामा पानीजस्तै हुने निश्चित भएको भेरी नगरपालिका–१ रिम्नाका गगनबहादुर खड्काले बताए । सरस्वती मावि सिमाका कक्षा ७ मा पढ्ने छात्र सूर्य शाही भन्छन्, “सरले अगाडि आएर किताब भट्याउँछन्, हामीलाई केही थाहा हुँदैन, अहिलेसम्म कम्प्युटर समात्न नपाएरै परीक्षा दिन लागिएको छ ।” कम्प्युटर पढाउने शिक्षकलाई समेत कम्प्युटरको ज्ञान नभएर पढाउँदा शिक्षा लिने विद्यार्थीले कसरी शिक्षा आर्जन गरेका होलान् ? अहिले चर्चाको विषय बन्न पुगेको छ । रासस

प्रतिक्रिया दिनुहोस