११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पढाइसँगै सीप सिक्दै विद्यार्थी

अ+ अ-

जाजरकोट । नलगाड नगरपालिका–६ पोख्राका राजबहादुर कुसारी भेरी नगरपालिका–१ को ले गाउँस्थित शिव माविमा कृषि जेटिए अध्ययन गरिरहेका छन् ।

उनी नियमित कक्षामा सैद्धान्तिक कक्षा त लिनुहुन्छ नै, विद्यालयले गराउने प्रयोगात्मक कक्षामा पनि उनी सहभागी छन् । उनलाई यति कामले मात्र पुगेको छैन । विद्यालयको सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाका साथै आफैँ थप प्रयोगात्मक कार्य गर्दै आएका छन् । उनी बेमौसमी तरकारी उत्पादन गरेर छुट्टै व्यावहारिक कक्षामा पनि सहभागी भइरहेका छन् ।

जुनिचाँदे गाउँपालिका–७ का रमबहादुर पुन प्राविधिक धारअन्तर्गत तीनवर्षे बाली विज्ञानको दोस्रो वर्षमा पढ्दै आएका छन् । उनी पनि पढ्ने मात्र नभएर दैनिक विद्यालयमा सैद्धान्तिक ज्ञानका साथै प्रयोगात्मक कक्षामा नियमित सहभागी छन् । पुनले दैनिक बिहान र बेलुका खेतबारीमै बसेर बेमौसमी तरकारी बाली उत्पादनसमेत गर्दै आएका छन् ।

पुन र कुसारी मात्रै होइन, उक्त विद्यालयको प्राविधिक धारका ३६ जना विद्यार्थी पढाइका साथसाथै व्यावसायिक व्यावहारिक अभ्यासमा व्यस्त छन् । विद्यालयको सैद्धान्तिक र प्रयोगात्मक कक्षापछिको फुर्सदको समयमा उनीहरूले कृषि कर्ममा लगाउन थालेका छन् ।

कृषि जेटिए पहिलो वर्ष अध्ययन गर्दै आएकी नलगाड नगरपालिका–८ हल्चौरकी करुणा केसी भन्छिन्, “पढ्दै सिक्दै काम गरिरहेका छौँ, हामी पढ्नभन्दा पनि सीप सिक्न आएका हौँ,” करुणाले थपिन्, “खेतबारीमा काम गर्दै पढ्दै गरेमा राम्रोसँग बुझिनाका साथै व्यवहारमा समेत लागू हुनेरहेछ ।” शिव मावि कालेगाउँले, त्रिभुवन मावि खलङ्गाको जग्गा र केही स्थानीयवासीका जग्गा भाडामा लिएर विद्यार्थीका लागि पढाइसँगै प्रयोगात्मक परीक्षासँगै आम्दानी गर्न थालेका छन् । उनीहरूले उत्पादन गरेको गोलभेँडा, काउली, आलु र अन्य बेमौसमी तरकारी बिक्री भइरहेको छ ।

आफूले उत्पादन गरेको तरकारी बिक्री गरेर विद्यार्थीले आम्दानी गर्नाका साथै विद्यालयलाई आम्दानीसमेत भएको प्रधानाध्यापक तिलकबहादुर खत्रीले बताए । उनले भने, “हामीलाई विभिन्न ठाउँबाट तरकारीको बीउ र अन्य औजारसमेत सहयोग भएको छ, सहयोगी हातहरु बढ्दै छन्, प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना, भेरी नगरपालिका कृषि शाखाले सहयोग गर्दा हामीलाई काम गर्न सजिलो भएको छ,” उनले थपे, “आफूले जे पढ्यौँ, त्यही काम गर्दै विद्यार्थी शिक्षा आर्जन गरिरहेका छन्, रमाउँदै पढ्दै र आम्दानी गर्दै गर्दा सँचिक्कै जीवन उपयोगी सीपसमेत आर्जन गरेका छन् ।”

प्राविधिक धारतर्फका विद्यार्थीले समूह बनाएर तरकारी खेती र कुखुरापालन गरेका छन् । विद्यार्थीलाई उत्पादनमा जोड्न र सिकेको कुरा कार्यान्वयनका लागि हौसला प्रदान गर्न जग्गा भाडामा लिएर तरकारी खेती व्यवस्थापनको काम गरिएको प्रधानाध्यापक खत्रीले बताए । ऊर्जाशील समय र उमेर सही काममा लगाउनु महत्वपूर्ण काम भएको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए । उनले भने, “सैद्धान्तिक साथै व्यावहारिक ज्ञान दिने उद्देश्यले विद्यार्थीलाई खेती गर्न प्रेरित गरीनु राम्रो उदाहरण हो ।”

श्रमसँग मानिसको पद जोडिएको भन्दै नगरप्रमुख घर्तीले भने, “ काम गर्नुहोस्, बजेटको व्यवस्था हामी गर्छौं ।” प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पाँच लाख बराबरका विभिन्न वस्तु विद्यालयलाई उपलव्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस