काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख १६ गतेदेखि दुवै संघीय संसद्को अधिवेशन आह्वान गरेकी छन् ।
नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम यही वैशाख १६ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मलेन केन्द्र नयाँ बानेश्वरमा दुवै संघीय सदनको अधिवेशन आह्वान गरिएको संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले विज्ञप्ति जारी गरी जानकारी दिएका हुन् । यसअघि गत चैत १० गते हिउँदे अधिवेशन सम्पन्न भएको थियो ।