काठमाडौं । केही दिनअघि बौद्ध जोरपाटी सडक मर्मत गर्न माग गर्दै भएको प्रर्दशनमा प्रर्दशनकारीको सिक्री चोरीको आरोपमा श्रेष्ठलाई निलम्बन गरेको छ ।
उनलाई परिसरले आइतबार निलम्बन गरेको हो। उनलाई परिसर तानेर अनुसन्धान सुरु गरिएको छ।
प्रर्दशनकारीको भुइँमा खसेको सिक्री उनले दिनुको सट्टा लुकाएर राखेको प्रहरीले जनाएको छ।
स्रोतका अनुसार श्रेष्ठले बयानका क्रममा प्रदर्शनकारीलाई नियन्त्रणमा लिँदा आफूसँगै सिक्री आएको बताएका छन् ।
‘झरेको अवस्थामा फेला परेको थियो । फर्किएर जाँदा सम्बन्धित धनी भेटिएनन्’, उनको बयानलाई उदृत गर्दै स्रोतले भन्यो, ‘त्यसपछि सिक्री मसँगै थियो ।’
श्रेष्ठले आफूले तत्काल कार्यालय प्रमुखलाई नबताउनु गल्ती भएको बताएका छन् ।