२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिडीओले सिडीओलाई गरे स्वागत र विदाई

अ+ अ-

डोटी । डोटी जिल्लामा बुधबार डोटीबाट सरुवा भई अन्यन्त्र जाने र डोटीमा सरुवा भई आउने प्रमुख जिल्ला अधिकारीलाई एकले अर्कालाई स्वागत तथा विदाई गरेका छन् ।

सामुदायिक प्रहरी सेवा केन्द्रले आयोजना गरेको कार्यक्रममा डोटीबाट सरुवा भई अन्यत्र जान लागेका प्रमुख जिल्ला अधिकारी यादव सवेदी र डोटीमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी समाली आएका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले एक अर्कालाई स्वागत विदाई गरेका छन् ।

२०७५ साल साउन ३० गते डोटीमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाली आएका प्रजिअ सुवेदीले डोटीको बसाई फलदाई भएको बताएका छन् । विदाई तथा स्वागत कार्यक्रममा बोल्दै प्रजिअ सुबेदीले १० महिने बसाई बिबाद र तनाब रहित सौहार्दपूर्ण वातावरण रहेको सबै क्षेत्रबाट सहयोग मिलेको बताए ।

डोटी जिल्लाको प्रमुख जिल्ला अधिकारीको नयाँ जिम्मेवारी सम्हाल्दै आएका पौडेल डोटीमा नै सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए । प्रजिअ सुबेदी सरुवा संगै प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पौडेललाई दिएको हो । कार्यक्रममा बोल्दै प्रजिअ पौडेलले डोटी जिल्लाको वस्तुस्थितीको बारेमा सबै कुरा थाहा भएकोले डोटी जिल्लाको शान्ति सुरक्षा, विकास र समृद्धिको क्षेत्रमा काम गर्न सहज हुने र सबैलाई सहयोग र सहकार्यका साथ अगाडि बढ्न आग्रह समेत गरेका थिए । प्रजिअ पौडेलले भोलीदेखि आफ्नो जिम्मेवारी समाल्ने छन् ।

समारोह कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विद्यानन्द माझी, रुद्रध्वज गणका प्रमुख सेनानी रत्नकेशर खड्का, ससस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक देवराज जोशी, राष्ट्रिय अनुसन्धान डोटीका प्रमुख हरिश विस्ट, पत्रकार नागरिक समाज सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरुको सहभागीता रहेको थियो । यउटै मञ्चबाट विदाई र स्वागतको अवसर अक्सर कमै मिल्ने गरेका हुन्छन । डोटीको लागि भने यस्तो अवसर पहिलो हो ।