२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पश्चिमी वायु सुदुरपश्चिमबाट नेपाल भित्रियो

अ+ अ-

काठमाडौं । पश्चिमी वायु सुदूरपश्चिम हुँदै नेपाल भित्रिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी गराए अनुसार नेपालको सुदूरपश्चिमबाट नेपाल भित्रिएको वायुले हावाहुरीसहित मेघ गर्जनसहितको मध्यम खाले वर्ष गराउने सम्भावना रहेको छ ।

मौसमविदका अनुसार विहान सबेरै भारतको उत्तराखण्डबाट नेपाल छिरेको वायु ४०–५० किमी प्रतिघण्टाको दरले बहेकोले संरचना कमजोर भएको अवस्थामा असर गर्न सक्ने छ ।

जस्ताको छानो भए उडाउने सम्भावना रहन सक्छ । कमजोर संरचना रहेकोलाई सचेत रहन महाशाखाले आग्रह गरेको छ ।

सो वायु मध्यपश्चिमसम्म आउने र त्यसपछि उत्तरपूर्व अर्थात तिब्बततिर लाग्ने जनाइएको छ । सो वायु छिटपुट वर्षासँगै आउने र वायु गइसकेपछि थप वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पश्चिमी भूभागहरूमा सामान्य देखि पूर्ण बदली रहने र पूर्वी र मध्य भूभागहरूमा आंसिक देखि सामान्य बदली रहने जनाइएको छ । पूर्वी तथा मध्य भूभागका थोेरै स्थान र पश्चिमी भूभागका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाइएको छ ।

सुदूरपश्चिममा हावाहुरी चलिरहेको र हल्का वर्षा भइरहेको जनाइएको छ ।

यसअघि २३ जेठमा आएको हावाहुरीले ठूलो धनजनको क्षति गरेको थियो । जसमा दुईजनाको ज्यान जानुका साथै एक सय बढी घाइते भएका थिए ।

हावहुरीले रुखढलेर विद्युतका पोलहरु खस्दा विद्युत अवरुद्ध भएको छ । आजसम्म पनि ग्रामिण क्षेत्रमा विद्युत सेवा सुचारु हुन सकेको छैन ।

भोलि बिहीबार पनि देशभरी नै आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य भूभागका केही स्थानहरुमा र पश्चिमी पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जनाइएको छ ।

त्यस्तै शुक्रबार पनि देशका विभिन्न भागमा आंशिक बदली रहने र मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।