२६ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन्दीपको घातक बलिङमा पोखरा १३२ रनमै समेटियो, ह्याट्रिकसहित लिए ६ विकेट

चार ओभरमा २७ रन खर्चेर ६ विकेट लिएका सन्दीप एनपीएलमा ह्याट्रिक गर्ने तेस्रो खेलाडी, युवराजको ८४ रनको पारी खेर जाने जोखिम

अ अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिएपछि पोखरा एभेन्जर्स १३२ रनमा समेटिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १७.५ ओभरमा सबै विकेट गुमाउँदै १३२ रन बनाएको हो। पोखराका ओपनर युवराज सिंह सम्राले आक्रामक ब्याटिङ गर्दै ८४ रन बनाए पनि अन्य ब्याटरले अपेक्षित प्रदर्शन गर्न नसक्दा टोली ठूलो योगफल बनाउन असफल भयो।

पोखराको इनिङ्स धराशायी बनाउने क्रममा सन्दीपले चार ओभरमा २७ रन खर्चेर ६ विकेट लिए। उनले १५औँ ओभरको तेस्रो, चौथो र पाँचौँ बलमा लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरेका हुन्।

यससँगै सन्दीप एनपीएलमा ह्याट्रिक गर्ने तेस्रो खेलाडी बनेका छन्। यसअघि काठमाडौँ गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले प्रतियोगितामा ह्याट्रिक गरेका थिए।

सन्दीपले जारी प्रतियोगिताका यसअघिका पाँच खेलमा एक विकेट मात्रै लिएका थिए। तर पोखराविरुद्ध उनले एकै खेलमा ६ विकेट लिएर आफ्नो बलिङ प्रदर्शनमा उल्लेखनीय सुधार गरेका छन्।

एनपीएलको एकै इनिङ्समा ६ विकेट लिने उनी तेस्रो बलरसमेत बनेका छन्। यसअघि शाहब आलम र कर्णाली याक्सका विलियम बोसिस्टोले समान उपलब्धि हासिल गरेका थिए।

युवराजको उत्कृष्ट पारीले पनि जोगिएन पोखराको इनिङ्स
पोखराका लागि युवराज सिंह सम्राले सर्वाधिक ८४ रन बनाए। उनले ४७ बलको सामना गर्दै सात चौका र पाँच छक्का प्रहार गरे।

अन्य ब्याटरले उल्लेखनीय योगदान गर्न नसक्दा युवराजको आक्रामक पारीका बाबजुद पोखराको इनिङ्स १३२ रनमै सीमित रह्यो।

पोखरा ७६ रनमा पाँच विकेट गुमाएको अवस्थाबाट युवराज र धनञ्जय लक्ष्मणले छैटौँ विकेटका लागि ४६ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए।

धनञ्जयले १५ बलमा एक चौका र एक छक्कासहित २२ रन बनाए। सन्नी विकले ११ बलमा एक छक्काको मद्दतले १२ रन जोडे।

त्यसबाहेक अर्जुन कुमालले एक, अर्जुन घर्ती र विपिन खत्रीले समान पाँच रन बनाए।

कुशल भुर्तेल, रमेश मेन्डिस, कप्तान चमिका करुणारत्ने र किरण ठगुन्ना रनको खाता नखोली आउट भए। सागर ढकाल एक रनमा अविजित रहे।

विराटनगरका लागि सन्दीपबाहेक एन्जेलो म्याथ्युज, चरिथ असलंका र रुपेश सिंहले समान एक-एक विकेट लिए।

पोखरालाई १३२ रनमा रोकेसँगै विराटनगरले जितका लागि १३३ रनको लक्ष्य पाएको छ।

सन्दीपको ६ विकेटको प्रदर्शन एनपीएल इतिहासकै उत्कृष्ट बलिङ प्रदर्शनसमेत बनेको छ। उनले चार ओभरमा २७ रन खर्चेर यसअघि विलियम बोसिस्टोले पोखराविरुद्ध कायम गरेको २८ रनमा ६ विकेटको कीर्तिमान तोडेका हुन्। 

0 Comments