२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धमिलो पानी लिएर उपभोक्ता उपमहानगरमा

अ+ अ-

लमही । दाङको तुलसीपुर उपमहानगरपालिकाका चार वडाका उपभोक्ता धमिलो पानी लिएर उपमहानगरपालिका कार्यालय पुगेका छन् । जडान गरिएका धारामा नियमित धमिलो पानी आउन थालेपछि उक्त पानी लिएर उपभोक्ता उपमहानगरपालिका कार्यालय पुगेका हुन् ।

बेलझुण्डी खानेपानी तथा सरसफाइ संस्थाअन्तर्गत तुलसीपुरका वडा नं– १६, १७, १८ र १९ का खानेपानी उपभोक्ताले धमिलो पानी बोतलमा ल्याएर आज उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको ध्यानाकर्षण गराएका हुन् । चार वर्षदेखि वर्षात्का समयमा धमिलो पानी आउने गरेको भन्दै ध्यानाकर्षण गराउन धमिलो पानी लिएर उपमहानगर कार्यालय पुगेका संस्थाका अध्यक्ष प्रदीप गौतमले बताए ।

‘धमिलो पानी आउन लागेको चार वर्ष भयो’, उनले भए, ‘यस विषयमा कुनै पनि निकायले ध्यान नदिएपछि धमिलो पानी लिएर सम्बन्धित निकायमा पुग्यौं । तर, कुनै पनि निकायले ध्यान नदिएपछि आज स्थानीय सरकारसम्म पुगेका छौं ।’ विगतका वर्षमा पनि जिल्ला प्रशासन कार्यालय, उपमहानगरपालिका, डिभिजन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा गएका भए पनि कुनै पनि निकायले चासो नदिएकाले यसवर्ष धारामा आएको धमिलो पानी नै ल्याउन बाध्य भएका अध्यक्ष गौतमले बताए ।

साथै वर्षात्मा खानेपानी समस्या हुने भएपछि आफूहरुले चैतमै उपमहानगरका प्रमुख, जिल्ला प्रशासन, जिल्ला खानेपानी डिभिजन, सडक डिभिजन कार्यालयलगायत सरोकारवाला व्यक्तिलाई अनुगमनसमेत गराएको उनले जानकारी दिए । मुहानको माथिबाट सोनापुर सिमेन्टले चुनढुङ्गा उत्खनन गर्ने गरेकाले पनि यस्तो समस्या निम्तिएको उनको भनाइ छ ।

खानेपानी फिल्टरका लागि प्रविधि जडान भएको भए पनि त्यसमा अत्यधिक लेदो जम्दा त्यसले पनि काम गर्नसक्ने अवस्था नरहेको उनले बताए । धेरै लेदो जम्मा हुँदा फिल्टर बन्द हुने र धमिलो पानी नै उपभोक्ताको धारामा आउने अवस्था रहेको अध्यक्ष गौतमको भनाइ छ ।

धारामा धमिला पानीे आउँदा खानेपानीको हाहाकार भएको वडा नं– १९ का धनमाया ओलीले बताए । धारामा आएको पानीले नुहाउन र शौच गर्नसक्ने अवस्थासमेत नरहेको बताइएको छ । अहिले कुवाबाट लाइन लागेर खानेपानीको जोहो गर्नुपरेको वडा– नं १७ निवासी ज्ञानेन्द्र विष्टले जानकारी दिए । नुहाउन समेत खोलामा जानुपर्ने अवस्था आएको उनले दुखेसो पोखे ।

लेदोले गर्दा खानेपानीको मिटरमा पनि समस्या आएको अध्यक्ष गौतमले बताए । अहिले उक्त समितिअन्तर्गत करीब एक हजार चार सय धाराबाट १७ हजार नागरिक आश्रित रहेका अध्यक्ष गौतमले जानकारी दिए । खानेपानीमा देखिएको यो समस्या समाधानका लागि ठूलो फिल्टर निर्माण आवश्यक रहेको उनले बताए । वडा नं– १९ स्थित शङ्करखोलामा ठूलो खानेपानी ट्याङ्की निर्माण गरेर समस्या समाधान गर्न सकिने उनको भनाइ छ ।

उक्त खानेपानीको समस्या समाधानका लागि सङ्घीय सरकारबाट रु एक करोड बजेट विनियोजन गरिएको उपमहानगरपालिकाका प्रमुख पाण्डेले बताए। उपमहानगर र प्रदेश सरकारको पहलमा उक्त बजेट विनियोजन भएको भन्दै सो बजेटले त्यहाँको खानेपानीको समस्या समाधान हुने उनले जानकारी गराए । उक्त समस्या समाधानका लागि सबै सरोकारवाला निकाय मिलेर समाधान गर्ने प्रमुख पाण्डेको भनाइ छ ।

विसं २०३५ मा निर्माण कार्य शुरु भएको उक्त खानेपानी संस्थाको २०४० सालमा सम्पन्न भएको हो । सो आयोजनालाई सरकारले विसं २०५६ मा बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थालाई हस्तान्तरण गरेको हो । आयोजना निर्माण भएको लामो समय बितिसक्दा पनि पुनःनिर्माण हुन नसकेको अध्यक्ष गौतमले बताए । बगालेपानी, रिप्ले र डाँडीकाट गरी तीन वटा मुलको पानी ल्याइएको समेत उनले जानकारी दिए ।रासस