२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अधिकांश दुग्ध उद्योगमा फोहर भेटियो

अ+ अ-

भक्तपुर । भक्तपुर नगरपालिकाले आज औद्योगिक क्षेत्रभित्र रहेको दुग्ध डेरी तथा उद्योगमा गरेको अनुगमनका क्रममा अधिकांशमा फोहर भेटिएको छ ।

नगरपालिकाको अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा गएको टोलीले गरेको अनुगमनमा शिवम् डेरी प्रालिमा ढल र शौचालयको दुर्गन्ध भएको पाइएको छ ।

त्यसैगरी भान्साको फोहर र अन्य फोहर छरप्रस्ट राखेको, डेरीभित्र पानी जमेको, ढल र शौचालयको दुर्गन्ध भएको, कामदारले एप्रोन, माक्स, बुट, हेयरनेटको प्रयोग नगरेको पाइएको खाद्य निरीक्षक कौशल ओझाले जानकारी दिए ।

ल्याबमा माइक्रोवायोलोजीलगायत सम्पूर्ण परीक्षण गर्ने, बरफमा राख्ने लिची तथा भेनिला सुगन्ध म्याद नाघेको पाइएकाले त्यही नष्ट गरिएको जानकारी दिँदै उनले सफा गर्न, दूध जोख्ने मेसिनलाई खुल्ला नराख्ने, ल्याब रेर्कड दैनिक रुपमा राख्न निर्देशन दिइएकोे खाद्य निर्देशक ओझाले बताए ।

त्यस्तै जगदम्बा डेरी फुड एण्ड वेभरेजमा फिर्ता ल्याएको दूध फेरि प्रशोधन गरेको पाइएकाले पुनःप्रशोधन नगर्न, सरसफाइमा विशेष ध्यान दिने, डेरीभित्र पानी जमेकाले व्यवस्थित गर्न, कामदारलाई एप्रोन, माक्स, बुट, हेयरनेट अनिवार्य प्रयोग गर्न, ल्याबमा माइक्रोवायोलोजीलगायत सम्पूर्ण परीक्षण गर्ने, टेक्नीसियनलगायत कामदारको परिचय खोल्न प्रमाणपत्र वा परिचयपत्र राख्न निर्देशन दिएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।

त्यसैगरी भक्तपुर डेरी प्रालिमा ल्याब व्यवस्थित गरी माइक्रोवायोलोजीलगायत सम्पूर्ण परीक्षण नर्गन, फिर्ता ल्याएको दूध फेरि प्रशोधन गरेको पाइएकाले पुनःप्रशोधन नर्गन, सरसफाइमा विशेष ध्यान दिन, डेरीभित्र जमेको पानी व्यवस्थित गर्न, कामदार सबैले एप्रोन, माक्स, बुट, हेयरनेट अनिवार्य प्रयोग गर्न, दुध ल्याएको र बजारमा पठाएको व्यवस्थित रुपमा रेकर्ड राख्न निर्देशन दिइएकोे उनले बताए ।रासस