२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोरखापत्र संस्थानको भवन हस्तान्तरण

अ+ अ-

विराटनगर । शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालयले निर्माण गरेको गोरखापत्र संस्थानको प्रादेशिक कार्यालय भवन आज एक समारोहबीच हस्तान्तरण गरेको छ ।

एकाइका प्रमुख प्रदीपकुमार सिंह र निर्माण कम्पनी ‘लामा खुस्बु जेभी’का दीपक पौडेलले संस्थानका प्रशासकीय प्रमुख मोहम्मद जैनउल हकलाई सो भवन हस्तान्तरण गरे । मोरङको विराटनगर–१९ बैजनाथपुरमा निर्माण गरिएको उक्त भवनमा प्रशासनिक कार्यालय, समाचार कक्ष, आवास, चमेनागृह, सुरक्षा गार्ड भवनलगायत व्यवस्था छ । सो भवन रु सात करोड ४७ लाखको लागतमा निर्माण गरिएको हो ।

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले आगामी असोज ३ गते संविधान दिवसका दिनदेखि विराटनगरबाट गोरखापत्र प्रकाशन आरम्भ गर्ने जानकारी दिए । उनले पत्रिका समयमै पाठकको हातमा पुगेन भने त्यसको खासै अर्थ नहुने बताए । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले गोरखापत्रको प्रादेशिक प्रकाशनको तयारीबाट आफू उत्साहित भएको बताए । उनले महानगरले सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा प्रजिअ रमेश केसी, गोरखापत्र दैनिकका प्रधान सम्पादक श्रीओम श्रेष्ठ, शहरी विकास सङ्घीय आयोजना कार्यान्वयन एकाइ प्रमुख प्रदीपकुमार सिंह, निर्माण कम्पनीका दीपक पौडेललगायतले आ–आफ्नो धारणा राखेका थिए ।