२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जापानको एनिमेसन स्टुडियोमा आगलागी, २४ को मृत्यु

अ+ अ-

टोकियो । जापानको क्योटो शहरमा रहेको एक भवनमा रहेको एनिमेसन स्टुडियोमा बिहीबार गरिएको संदिग्ध आगजनीमा परी कम्तीमा २४ जनाको मृत्यु हुनुको साथै अन्य दर्जनौँ घाइते भएका छन् ।

सो कम्पनीमा भएको भीषण आगआगी योजनाबद्ध रुपमा गरिएको प्रहरीको भनाइ छ । यस आगजनीको कारण प्रष्ट भइनसकेको प्रहरीले जानकारी दिएको छ ।

सो आगजनीको समयमा भवनमा कार्यरत धेरै व्यक्तिहरु भाग्न असफल भएकाले मृतकको सङ्ख्या अझ बढ्ने आशङ्का गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

भूइँ तला र पहिलो तलामा १२ जनालाई गम्भीर अवस्थामा उद्धार गरिएको र उनीहरुमा श्वासप्रश्वासको समस्या देखिएको अग्नि नियन्त्रण विभागमा अधिकारीहरुले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।

सो आगजनीमा मारिएका प्रायः व्यक्ति सो कम्पनीमा कार्यरत रहेका बताइएको छ । यद्यपी यसमा घटनामा मारिएका व्यक्तिको औपचारिक पुष्टि भने भएको छैन ।

दोस्रो तलामा रहेका व्यक्तिहरु पनि भाग्न असफल भएको बताइएको छ । सरकारी अधिकारीहरुका अनुसार यस आगजनीमा परी ३५ व्यक्ति घाइते भएका र तीमध्ये १० जनाको अवस्था चिन्ताजनक रहेको छ । कम्पनीमा करिब ७० जना कार्यरत रहेको बताइएको छ ।

प्रहरीले एक शंकास्पद अधवैंशे व्यक्तिलाई घाइते अवस्थामा नियन्त्रणमा लिएको छ । उनको स्थानीय अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।

ती व्यक्तिले पेट्रोलजस्तो देखिने तरल पदार्थ लिएर भवनभित्र प्रवेश गरेको सिसिटिभी फुटेजमा देखिएको छ । उनले नै भवनको तल्लो तलामा पेट्रोल छर्केर आगो लगाएको आशंका प्रहरीले गरेको छ ।रासस/एएफपी