२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जबर्जस्ती करणीका फरार प्रतिवादी पक्राउ

अ+ अ-

हेटौँडा । जबर्जस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जबर्जस्ती करणी मुद्दामा २ वर्ष ६ महीना कैद सजाय पाएका हेटौँडा उपमहानगपालिका–६ का ४४ वर्षीय पुण्यप्रसाद चौलागाईंलाई जिल्ला प्रहरी कार्यालयले पाँच वर्षपछि पक्राउ गरेको हो ।

जिल्ला अदालत मकवानपुरले २०६९ साल चैत ६ गते र पुनरावेदन अदालत हेटौँडाले २०७१ साल असार १७ गते चौलागार्लाई २ वर्ष ६ महीना कैद सजायको फैसला सुनाएको थियो ।

कैद सजाय सुनाएपछि फरार रहेका चौलागाईंलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक पवनकुमार झाको नेतृत्वमा खटिएको टोलीले मङ्गलबार हेटौँडा–२ बाट नियन्त्रणमा लिएको हो ।

उनलाई बुधबार जिल्ला अदालत मकवानपुरमा पेश गरी कैद भुक्तानका लागि कारागार कार्यालय भीमफेदी मकवानपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज जनाएको छ ।रासस