बाजुरा । बाजुराको फिलुचौरबाट कालिकोटको जितेगडा जाँदै गरेको जिप दुर्घटना हुँदा चालकसहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ। ११ जना घाइते छन्।
क १ ज २१ नम्बरको जिप बाजुराको जगन्नाथ गाउँपालिका–५ स्थित जुवाखोलामा शुक्रबार बिहान ८ः३० बजे दुर्घटना भएको हो।
दुर्घटनामा टीकापुर नगरपालिका–४ का २६ वर्षीय रमेश बोगटी र खत्याड गाउँपालिका–६, मुगुका २४ वर्षीय रामबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी उद्धवसिंह भाटले जानकारी दिए।
बोगटी जिपका चालक हुन्।
जिपमा चालकसहित १५ जना सवार थिए। यीमध्ये ४ जनाको अवस्था गम्भीर छ।
डिएसपी सिंहका अनुसार, गम्भीर घाइतेलाई उपचारका लागि नेपालगन्ज लैजान हेलिकोप्टर मगाइएको छ। अन्य घाइतेको भने कोल्टी स्वास्थ्य केन्द्रमा नै उपचार भइरहेको छ।







