२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नदीजन्य सामग्रीको अवैध उत्खनन नियन्त्रणमा कडाइ गरिने

अ+ अ-

बेत्रावती । नुवाकोटका नदी र खोलाबाट भइरहेको अवैध उत्खनन तथा सङ्कलनलाई कडाइका साथ नियन्त्रण गरिने भएको छ । विभिन्न स्थानमा अवैधरूपमा उत्खनन बढेको पाइएपछि बुधबार विदुरमा बसेको ‘जिल्ला अनुगमन तथा समन्वय समिति’को बैठकले त्यसको नियन्त्रणमा कडाइ गर्ने निर्णय गरेको हो ।

आमन्त्रित सदस्यका रूपमा बैठकमा सहभागी स्थानीय तहका जनप्रतिनिधिले हेभी उपकरण प्रयोग गरेर नदीजन्य सामग्री उत्खनन भइरहेको जनाएपछि सुरक्षाकर्मी परिचालन तथा कडाइका साथ कारवाही गरेर नियन्त्रण गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले जानकारी दिए । उनको अनुसार हेभी उपकरण प्रयोगमा बन्देज, मानिसमार्फत साबेल लगाएर भइरहेको उत्खनन र त्यसको ओसारपसार दिउँसोको समयमा मात्र गर्न दिने निर्णय भएको छ ।

बैठकमा बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले अवैधरूपमा नदीबाट बालुवा उत्खननमा तस्करीको संलग्नताले नदीको प्रवाह परिवर्तनदेखि आपराधिक क्रियाकलापको समेत वृद्धि भएकाले त्यसलाई रोक्न प्रशासनको ध्यानाकर्षण गराए ।

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले श्रमिक लगाएर हुने उत्खननको आडमा भइरहेको अवैध कार्य नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन गरिएकाले पूर्ण नियन्त्रणमा ल्याउन सारोकारवाला पक्ष सबैबाट सहयोगको प्रतिबद्धता आवश्यक रहेकामा जोड दिए ।

असारदेखि भदौसम्म (तीन महीना) हेभी उपकरण (स्काभेक्टर) प्रयोग गरेर नदीजन्य सामग्री (रोडा, ढुङ्गा, बालुवालगायत) उत्खनन गर्न नपाइने कानूनी व्यवस्था छ । स्थानीय तहले पनि नदीजन्य सामग्रीको उत्खननका लागि करको ठेक्का लगाउँदा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए)मा यो तीन महीना उत्खनन नगर्ने शर्त उल्लेख गरेका छन् ।

बर्खायाम शुरु भएसँगै जिल्लाको त्रिशूली नदीसहित तादी, कोल्पु, लिखु, सलाखु, फलाखु, सामरीलगायतका खोलामा हेभी उकरण लगाएर अवैधरूपमा नदीजन्य उत्खनन कार्य बढिरहेको छ ।