२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हलेसी मन्दिरको भेटी रु साढे सतासी लाख

अ+ अ-

खोटाङ । धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा एक वर्षको अवधिमा भेटीवापत रु साढे सतासी लाखभन्दा बढी रकम सङ्कलन भएको छ । विसं २०७५ असार १ गतेदेखि विसं २०७६ असार मसान्तसम्ममा नेपाली रु ८७ लाख ६६ हजार २७४ भेटीवापतको रकम सङ्कलन भएको हो ।

हलेसी सूचना केन्द्रले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार भारतीय रुपयाँ २७ हजार ८०, अमेरिकन डलर ४५ र सिङ्गापुर डलर १० सङ्कलन भएको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा सुन ११ दशमलव ५७ ग्राम र चाँदी ९२ तोला ८९ लाल जम्मा भएको छ ।

सङ्कलित भेटीबाट बसाहाथान पोखरी निर्माण, वेवसाइट निर्माण, सूचना डिस्प्ले बोर्ड निर्माण, मन्दिर व्यवस्थापन समितिको भवनको भ¥याङ तथा रेलिङ निर्माण, मन्दिरका लागि खानेपानी ट्याङ्की निर्माण, मन्दिर परिसर रङरोगन, कर्मचारी तलब तथा अतिथि सत्कारमा रु ४२ लाख ६८ हजार २६७ खर्च भएको केन्द्रका निमित्त प्रमुख सयन्द्र राईले बताए ।

हलेसीको स्तरोन्नति तथा कर्मचारीलाई तलब दिएर बचेको रकम रु ४४ लाख ९८ हजार सात हलेसीस्थित माछापुच्छ्रे बैंकमा रहेको मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा गरिएको जनाइएको छ । हलेसी आउने भक्तजन तथा पर्यटकले चढाउने भेटीलाई व्यवस्थित गर्न मन्दिर व्यवस्थापन समिति, हलेसी विकास समिति, हलेसी तुवाचुङ नगरपालिका र इलाका प्रहरी कार्यालयका प्रतिनिधिले एक/एक चाबी राख्ने गरेका छन् ।

एउटा पक्षले मात्र मन्दिरको चाबी राख्दा पादर्शी नहुने भएकाले चार जना प्रतिनिधिसँग चाबी राख्ने व्यवस्था मिलाइएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर राईले बताए । मध्यपहाडी लोकमार्गमा पर्ने हलेसीमा अहिले बोलबम मेला लागेको छ । महीना दिनसम्म मेला लाग्ने हलेसीमा नेपालका सिराहा, सप्तरी, धनुषा, जनकपुर, झापा, विराटनगर, इलाम तथा भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, भुटान, चीनको तिब्बतलगायत ठाउँबाट दर्शनार्थी तथा भक्तजन आएका छन् ।

मेलालाई व्यवस्थित गर्न मन्दिर व्यवस्थापन समिति, हलेसी विकास समिति, नगरपालिका र इलाका प्रहरी कार्यालय खटिएका छन् । लगातारको वर्षा हुँदा पनि हलेसी आउने भक्तजन तथा दर्शनार्थीको संख्या उल्लेख्य रहेको जनाइएको छ । सङ्घीय सरकारको मातहतमा रहेको त्रिधार्मिकस्थल हलेसीमा अहिले जीर्णोद्धारको कामसमेत तीव्र गतिमा भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकाको संयुक्त रु ८२ लाख लगानीमा प्रतिक्षा कन्ट्रक्शन प्रालि काठमाडौँले जीर्णोद्धारको कामको जिम्मा लिएको हो ।

विसं २०४४/४५ मा सिमेन्ट प्रयोग गरेर निर्माण गरिएको सिँढी, शिवलिङ्गलाई घेरिएको सिमेन्टको पिल्लर, ध्यान तथा पूजाअर्चना गरिने ठाउँलगायतमा उक्त सिमेन्ट हटाएर प्राकृतिक रुपले नयाँ संरचना निर्माणको काम भइरहेको छ । शिवलिङ्गलाई घेरिएको सिमेन्टका पिल्लर हटाएर तामाका खम्बा राखिएका छन् ।

दर्शनार्थी र पर्यटकको बाह्रै महीना उत्तिकै घुइँचो लाग्ने हलेसीको समग्र विकासका लागि यस वर्ष रु ८० लाख बजेट विनियोजन भएको छ । धार्मिक रुपले मात्र नभई प्राकृतिक रुपले समेत प्रसिद्ध हलेसीको गुरुयोजना निर्माणको कामसमेत भइरहेको छ ।

गुरुयोजना निर्माणका लागि सांसद विशाल भट्टराईको संयोजकत्वमा समिति गठन गरिएको छ । भट्टराईको नेतृत्वमा बनेको समितिले अहिले विज्ञसँगको सल्लाहमा हलेसीको दीर्घकालीन गुरुयोजना निर्माणको काम गरिरहेको जनाइएको छ ।