९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मध्यमदेखि हल्का वर्षाको सम्भावना

अ+ अ-

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भू–भागको औसत स्थानभन्दा उत्तरतर्फ रहेकाले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मध्यमदेखि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त न्यून चापीय रेखा भारतको राजस्थान क्षेत्रमै रहेकाले मनसुनी प्रणाली कम सक्रिय भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताए । उनका अनुसार मनसुनको न्यूनचापीय रेखाको औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण उत्तर–प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बङ्गालको खाडीको शिरसम्मलाई जनाउँछ ।

‘तत्काललाई भारी वर्षाको सम्भावना छैन’, मौसमविद् नगरकोटीले भने । राति देशभर सामान्यतया बदली रही देशको पूर्वी तथा मध्य भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । आइतबार देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही पूर्वी तथा मध्य भू–भागको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशको केही स्थानमा मेघगर्जन/चट्याङसहितको वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

देशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले चुरेबाट बहने नदीमा पानीको बहावमा आकस्मिक वृद्धि हुनसक्ने भएकाले नदी आसपासमा रहनेलाई सचेत रहन अनुरोध गरिएको छ । सडक यातायातमा पहिरो/भू–क्षयका कारण अवरोध आउनसक्ने भएकाले यात्रा गर्दा सामान्य सतर्कता अपाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस