२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सवारी साधनबाट एक करोड सङ्कलन

अ+ अ-

सिन्धुली । जिल्ला ट्राफिक प्रहरी कार्यालयले रु एक करोड २० लाख ४८ हजार जरिवाना (राजश्व)  सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७५/७६ को अवधिमा सवारी कारबाहीबाट उक्त जरिवाना सङ्कलन गरिएको हो ।

सवारी साधन कारबाहीबाट जरिवाना रकम सङ्कलन गरेको अहिलेसम्मकै उच्च रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यस वर्ष बढी राजश्व सङ्कलन भएको प्रहरी नायव निरीक्षक विष्णु बस्नेतले जानकारी दिए । सिन्धुलीमा सवारी चाप बढ्दै जाँदा सवारी साधनहरूले नियम उल्लङ्घन गर्दा कारबाहीको सङ्ख्या पनि बढेको उनको भनाइ छ ।

सवारी कारबाहीबाटै एक मही नामा न्यूनतम रु सात लाख राजश्व सङ्कलन भएको छ । एक आवमा १७ हजार ७२२ सवारी साधन कारबाहीमा परेका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । नियम विपरीत चलेका २ हजार ६४८ बस, आठ हजार ८११ ट्रक, चार हजार ६६९ जिप तथा कार, ७४५ क्यारेक्टर, ३ हजार ७४४ मोटरसाइकल र १ हजार २३८ टेम्पो कारबाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ । सवारी कारबाहीबाट सबैभन्दा कम साउन मही नामा रु सात लाख ६५ हजार राजश्व सङ्कलन गरेका ट्राफिक प्रहरीले भदौमा रु १२ लाख २५ हजार, कात्तिकमा रु ११ लाख ९२ हजार, पुस, फागुन, चैत र वैशाख महिनामा रु १० लाख भन्दा बढी राजश्व सङ्कलन गरेको छ ।

विपी राजमार्ग र मध्य पहाडी लोकमार्गमा सवारीको चाप बढ्दै जाँदा सवारीको कारबाही सङ्ख्या पनि बढ्दै गएको हो । आव २०७४/७५ मा ट्राफिकले रु एक करोड आठ लाख ५४ हजार ५०० राजश्व सङ्कलन गरेको थियो ।

विपी राजमार्गको सिन्धुली सडकखण्डमा ‘टाइम कार्ड’ लागू गरिएपछि दुर्घटना कम भएका प्रहरी निरीक्षक बस्नेतको भनाइ छ । सिन्धुली हुँदै काठमाडौँ र काठमाडौँ हुँदै तराईका विभिन्न जिल्लालाई गन्तव्य बनाएर दैनिक ७०० भन्दा बढी सवारी साधन गुड्ने गरेका छन् ।