१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलेश्वर कारगारका १४० कैदीबन्दीमा भाइरल ज्वरो

अ+ अ-

जलेश्वर । महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको संयुक्त कारागारको रुपमा रहेको जलेश्वर कारागारमा बस्दै आएका कैदीबन्दीमध्ये एकचौथाइ कैदीबन्दीमा भाइरल ज्वरोको प्रकोप देखिएको छ ।

अत्यधिक गर्मीका बीच क्षमताभन्दा करीब चार गुणा बढी कैदीबन्दीको चाप बढेकाले जलेश्वर कारागारका एकचौथाइ कैदीबन्दीमा भाइरल ज्वरोको सङ्क्रमण देखिएको जेलर कन्हैयाकुमार मिश्रले बताए ।

उनका अनुसार १३५ कैदीबन्दी राख्ने क्षमता भएको यस कारागारमा अहिले विभिन्न न्यायिक र अर्धन्यायिक निकायको आदेशमा कैदीबन्दीको सङ्ख्या ५ सय पुगेको छ । ४ सय ५१ पुरुष, ४५ महिला र ४ आश्रित बालबालिकासहित अहिले जलेश्वर कारागारमा जम्मा ५ सय कैदीबन्दी छन् ।

अत्यधिक चापकै कारण मान्छे–मान्छेबीच उत्पन्न हुने गर्मी र माथिबाट चर्को घामका कारण जलेश्वर कारागारमा अहिले करीब १ सय ४० कैदीबन्दीमा भाइरल फिवरको प्रकोप देखिएको मूलकैदी (चौकीदार) श्यामसुन्दर यादवले बताए ।

अहिले जलेश्वर कारागारबाट दैनिक एक दर्जन बढी कैदीबन्दी उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइने गरिएको जलेश्वर कारागारका सूचना अधिकारी मकसुदन महासेठले बताए । उनले अत्यधिक गर्मीकै कारण कैदीबन्दी अहिले उकुसमुकुस भएर बाँचिरहेको र एउटा न एउटा कैदीबन्दी बिरामी भइरहने अवस्था रहेको बताए ।

दैनिक दर्जनौँको सङ्ख्यामा बिरामी हुने कैदीबन्दीमध्ये धेरैलाई कारागारमै दरबन्दी भएका सिनियर अहेवले भित्रै गएर र बाहिर निकालेर पनि उपचार गरेका छन् भने सिकिस्त बिरामीलाई उपचारका लागि जिल्ला अस्पताल पठाउने गरिएको उनले बताए ।

यता जिल्ला अस्पताल जलेश्वरका डा. मृत्युञ्जयकुमार ठाकुरले पनि जलेश्वर अस्पतालमा उपचार गराउन आउने बिरामीमध्ये एकचौथाइ बिरामी कारागारबाटै आउने गरेको बताए । चर्को घाम र अत्यधिक गर्मीले अहिले जलेश्वर कारागारबाट प्रायः सबै कैदीबन्दी कुनै न कुनै रुपले प्रभावित भइरहेका छन् भने एकचौथाइ कैदीबन्दी भाइरल ज्वरोको सिकार भएर उपचारमा रहेका छन् ।रासस

प्रतिक्रिया दिनुहोस