काठमाडौं । सिंहदरबार भित्र संघीय संसद भवनको शिलान्यास गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारको पुतली बगैंचामा नयाँ बन्ने भवनको शिलान्यास गरेका हुन् ।
शिलान्यास लगत्तै भवनको निर्माण कार्य सुरु गरिने शहरी विकास मन्त्रालयले जनाएको छ ।
उक्त भवन निर्माणको लागत १० अर्ब रुपैयाँ अनुमान गरिएको छ । निर्माण थालेको साढे २ वर्षमा भवन तयार हुने छ ।







