काठमाडौं । आज (मंगलबार) सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा आज एक सय रुपैयाँले बढेर सुन तोलामा ७१ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन सुन तोलाको ७१ हजार ३ सय रुपैयाँ थियो । यस्तै तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ८ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।