२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वाधारका ९१ योजना शुरु

अ+ अ-

तुलसीपुर । दाङमा पूर्वाधार विकास कार्यालयले यस वर्ष ९१ योजनाको काम शुरु गरेको छ । चालू आर्थिक वर्षमा ९१ योजनाको काम शुरु भएको कार्यालय प्रमुख वासुदेव भण्डारीले बताए ।

यो आवमा समानीकरणतर्फ रु ८६ करोड बराबरको बजेट रहेको र सशर्ततर्फ रु छ करोड २० लाख विनियोजन गरिएको उनले जानकारी दिए । उनका अनुसार सिस्नेखोला र कटुवाखोलाको दोभानमा पर्ने पुलका लागि यो वर्ष पाँच करोड विनियोजन गरिएको छ । यस्तै कार्यालयले गत आवमा ८८ योजना निर्माणको काम पूरा गरेको छ । जम्मा ८६ सडक मर्मत, स्तरोन्नति र कल्र्भटका काम भएका छन् भने दुई पुल निर्माण भएका छन् ।

बाँकी २५ योजनाको काम भने अबको केही महीनामा पूरा हुने कार्यालय प्रमुख भण्डारीले बताए । उनका अनुसार गएको वर्ष समानीकरणतर्फ रु ४२ करोड सात लाख बजेट विनियोजन भएकामा रु २८ करोड खर्च भएको छ । साथै वर्षात्का कारण समयमै काम नहुँदा रु नौ करोड सात लाख बजेट फ्रिज हुनपुगेको समेत उनले बताए । समयमा गिट्टी, बालुवा उपलब्ध नहुँदा पनि समस्या हुने गरेको उनको भनाइ छ ।

त्यस्तै सशर्ततर्फ रु १९ करोड ९० लाख बजेट विनियोजन भएको थियो । सोमा रु १३ लाख ६० हजारको काम पूरा भएको प्रमुख भण्डारीले बताए । सशर्ततर्फको बाँकी बजेट पनि समय अभाव र वर्षातका कारण फ्रिज भएको छ । साथै उक्त कार्यालयले गत वर्ष ८.२१ किलोमिटर कालोपत्र गरेको छ । त्यस्तै ४५.३४ किलोमिटर सडक ग्राभेल गरिएको प्रमुख भण्डारीले जानकारी दिए । उनका अनुसार नौ हजार ४५४ घनमिटर टेवा पर्खालको काम भएको छ ।

उक्त कार्यालयले गत वर्ष चार पुल निर्माणको काम शुरु गरेको थियो । तीमध्ये चार पुलको काम पूरा भएको छ भने अन्य दुई पुलको काम यस वर्ष पूरा हुनेछ । सौडियार–धर्ना सडकखण्डमा पर्ने बबई खोलामा ७० मिटर लम्बाइको पक्की पुल र हेकुली–श्रीगाउँ चिराघाटखोलामा पर्ने ७५ किलोमिटरको पुलको निमार्णकार्य पूरा भएको छ । ती पुलको काम पूरा भएर पनि सञ्चालनमा आइसकेका उनले बताए । बबई गाउँपालिकाअन्तर्गत खिलतपुर च्याटीखोलामा पर्ने पुल र गढवा गाउँपालिकामा पर्ने जनहरि खोलाको पुल बन्दै गरेको अवस्थामा रहेको छ । रासस