काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । केही दिनदेखि निरन्तर ओरालो लाग्दै गरेको सुनचाँदीको भाउ बुधवार पुनः बढेको हो ।
बुधवार छापावाल सुन प्रतितोला ६९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवार छापावाल सुन प्रतितोला ६९ हजार २ सयमा कारोबार भएको थियो । बुधवार तेजावी सुन प्रतितोला ६९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपालसुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ । मंगलवार चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।