काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारबाट लिदै आएको सुरक्षा र गाडीको सुविधा फिर्ता गरेका छन् ।
महराले बिहीबार सरकारी गाडी र सुरक्षाकर्मी फिर्ता गरेका हुन् । महराले आफु चढ्दै आएको गाडी संसद सचिवालय अन्तर्गतको सवारी शाखालाई बुझाएका छन् ।
सभामुखको हैसियतमा महराले बा२झ १२६८ नम्बरको गाडी चढ्दै आएका थिए । यस्तै क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा ११ प्रहरी उनको सुरक्षामा खटिएका थिए ।
संसद सचिवालयमै कार्यरत कर्मचारीले यौन दुव्र्यवहारको आरोप लगाएपछि महराले राजीनानमा दिएका थिए । उनलाई आरोप लगाउने शाहीले आरोप लगाएको भोलीपल्ट आफुले आक्रोसमा आएर महरामाथी आरोप लगाएको भएपनि यौन दुव्र्यवहार भने नगरेको बताएकी थिईन् ।







