२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोरखा दरबारमा राखियो पृथ्वी नारायण शाह कालीन सेना र हतियार

अ+ अ-

गोरखा । अब गोरखा दरबारमा पृथ्वीनारायण शाहकालीन सेना खटिएको छ । कालो दौरा सुरुवाल, कम्मरमा खुकुरी, टाउकोमा चाँदतोडा, हातमा भरुवा बन्दुकसहितको गोरखा दरबारमा सेना खटिएको हो ।

नेपाली सेनाको रणसिंह दल गणको पहलमा शार्दुल जंग गुल्म हनुमानढोकाको टुकुडी ल्याइएको छ ।

मन्दिरको दायाँबायाँ शाह कालीन पोशाक र हतियारसहित उनीहरु बस्छन् । विहान ६ बजेदेखि साँझ ६ बजेसम्म उनीहरु दरबारमा रहनेछन् ।

दरबार आउने भक्तजन तथा पर्यटकले उनीहरुसँग फोटो खिच्न पाउने व्यवस्था गरिएको छ ।

दरबारको सुरक्षासँगै पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले सेना राखिएको रणसिंह दल गणका गणपती उज्वल केसीले बताए ।

‘पृथ्वी नारायण शाहको पालामा सेनाले लगाउने पोशाक यही थियो,’ उनले भने, ‘त्यही पोशाकमा सेना राख्दा यहाँ आउने पर्यटकलाई नेपाल एकीकरणको इतिहास बुझ्न सजिलो हुन्छ भन्ने अपेक्षा गरेका छौ ।’ पर्यटन प्रवर्द्धनमा पनि सघाउ पुग्ने उनले बताए ।

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई पनि लक्षित गरिएको उनको भनाइ छ । ‘काठमाडौंको हनुमानढोकामा पहिलेदेखि यही पोशाकमा सेना छन्, आज बाट गोरखा दरबारमा पनि सुरु भयो,’ उनले भने ।

इतिहासको संरक्षण र सम्बर्द्धनमा सहयोग पुग्ने गोरखा दरबार हेरचाह अड्डाका रामेश्वर कट्टेल बताउँछन् । ‘नेपाल एकीकरणको क्रममा सेनाको बहादुरीले वीर गोर्खाली भनेर देश विदेशमा चिनायो, त्यही पोशाकमा सेना बस्छन्,’ उनले भने, ‘पहिले इतिहास थियो अब सँगै फोटो पनि खिच्न पाउने भएपछि पर्यटकको संख्या बढ्छ भन्ने अनुमान गरेका छौ ।’