२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद बस्नेतद्वारा ९८ परिवारलाई लालपुर्जा वितरण

अ+ अ-

भक्तपुर । सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिका–४ दधिकोट चित्रपुरका ९८ घर परिवारलाई लालपूर्जा वितरण गरेका छन् । वडा कार्यालयले आज दधिकोटको चित्रपुरमा आयोजना गरेको लालपुर्जा वितरण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यसमेत रहेका उनले लालपुर्जाविहीन परिवारलाई लालपुर्जा वितरण गरेका हुन् ।

सयौँवर्षदेखि चित्रपुर बस्तीका रुपमा रहेको परम्परागत उक्त बस्तीका बासिन्दाले अहिलेसम्म लालपुर्जाविहीन हुँदा आफ्नै जग्गा र घरको भोग चलन गरे पनि अन्य प्रयोजनका लागि उपयोग गर्न पाएका थिएनन् । भूकम्पमा सिङ्गो बस्ती भत्किँदासमेत राहत लिन निकै समस्या परेको यहाँका बासिन्दाले अहिले भूकम्पबाट भत्किएका घर बनाएपछि भने लालपुर्जा पाएका छन् ।

लालपुर्जा वितरण गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका बस्नेतले गत निर्वाचनमा यहाँका लालपुर्जाविहीन बासिन्दालाई लालपुर्जा दिलाइदिने प्रतिबद्धता व्यक्त गरेअनुसार आफ्नै पहलमा लालपुर्जाको व्यवस्था गरी आज वितरण गरेर आफ्नो घोषणा साकार पार्न सफल भएको बताए । उनले लालपुर्जा वितरणदेखि विपद्मा राहत वितरणमा कुनै दल हेरेर विभेद नगरेको उल्लेख गरे ।

उनले लालपुर्जा पाएपछि अब आफ्नै घर धितो राखेर छोराछोरी पढाउनदेखि व्यवसाय गर्नसमेत बाटो खुलेको चर्चा गरे । चित्रपुरमा क्रसरोड बनाउन लागेको चर्चा गर्दै सांसद बस्नेतले ललितपुरको बालकुमारीदेखि बालकोट, चित्रपुर हुँदै शिकारीटार, अनन्तलिङ्गेश्वर मन्दिर, कालिकाडाँडा हुँदै रानीकाटेसम्म जाने सूर्यविनायक नगरपालिकाको मुख्य सडक बन्न लागेको बताए ।

कार्यक्रममा ३ नं प्रदेशका सांसद शशीजङ्ग थापाले भक्तपुरमा विकासको मूल फुटेको बताउँदै सङ्घ, प्रदेश र स्थानीय तहको बजेटले दुईवर्षको अन्तरालमा गाउँ गाउँमा विकासका लहर आएको उल्लेख गरे । त्यसअवसरमा नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरपालिकाले दुईवर्षमा विकासमा निकै लामो फड्को मारेको र अबका तीन वर्षमा विकासले पूर्णता पाउने बताए । वडा नं ४ दधिकोटका अध्यक्ष उत्तम थापालगायत विभिन्न व्यक्तिले विकासका गतिलाई रोक्न र अवरोध पुर्‍याउन नहुनेबारे चर्चा गरेका थिए ।