२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चितताको माग

अ+ अ-

काठमाडौं । पत्रकारिता क्षेत्रका अगुवाहरुले पूर्ण प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गरेका छन् । नेपाल पत्रकार महासंघद्वारा यहाँ आज आयोजित साक्षात्कारमा उनीहरुले पछिल्लो समयमा पत्रकारमाथि असुरक्षा बढ्दै गएको भन्दै सरकारले पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितताको माग गरेका हुन् ।

गैरआवासीय नेपाल संघ (एनआरएन)का अध्यक्ष भवन भट्टले हुँदै नभएका झुटा समाचार सम्प्रेषण गर्नेभन्दा पनि व्यावसायिक ढङ्गबाट सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्न आम सञ्चार माध्यमलाई आग्रह गरे।

नेपाल पत्रकार महासूंघका अध्यक्ष गोविन्द आचार्यले प्रेस स्वतन्त्रताका लागि विश्वभरी छरिएर रहेका नेपाली पत्रकारबीच एकताकोे आवश्यकता औँल्याए । महासंघका महासचिव रमेश विष्टले पछिल्लो समयमा अनलाइन पत्रकारितामा देखिएका विकृतिको अन्त्य गर्दै विश्वसनीय पत्रकारिताका लागि अनलाइन सञ्चारमाध्यमसँग अपिल गरे।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले पछिल्लो समयमा समाचार लेखेकै आधारमा पत्रकारमाथि धम्की आउने र कुटपिट हुने क्रियाकलाप बढ्दै गएको भन्दै सुरक्षाको माग गरे । उनले सरकारले विभिन्न ऐन/कानूनमार्फत प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजेको भन्दै त्यसको विरुद्धमा सबै श्रमजीवी पत्रकार एकजुट हुनुपर्ने बताए ।

‘कुनै समाचार लेखे वापत पत्रकार तथा सञ्चारकर्मीलाई कुट्ने, धम्की दिने गरिएको छ, समाचार लेखेका कारण पत्रकारलाई जेल हाल्ने, जरिवाना भराउने कानून बन्दै छ, प्रेसलाई नियन्त्रण गर्न खोजिएको छ, नियन्त्रणमुखी कानून ल्याउन खोजिदै छ’, उहाँले भने ।रासस