काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने भ्रमणका लागि असोज २९ गते म्यानमार जाने भएकी छन् ।
म्यानमारका राष्ट्रपति यु वान मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी म्यानमार जाान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मानमारमा राष्ट्रपति भण्डारीले द्विपक्षीय हितका सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपतिसहित नेपाली प्रतिनिधिमण्डलको सम्मानमा म्यानमारका राष्ट्रपतिले स्वागत समारोहसकित रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ ।







