२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रीज्यू, काठमाडौंको जाम कहिले खुल्छ ?

अ+ अ-

काठमाडौं । ‘मन्त्री ज्यू, म कलङ्कीमा बस्छु, काम गर्न सिंहदरबार जाँदै गर्दा कालीमाटीमा जहिल्यै लामो समयसम्म जाममा बस्नुपर्छ, काठमाडौँमा यस्ता जाम हुने ठाउँहरु धेरै छन्, यी जामहरु कहिले खुल्छन् होला ?

काठमाडौंको जाम सम्झिएर सोधेको प्रश्नमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौको जाम समाधानका लागि सरकारले सात स्थानमा अन्डर पासको तयारी गरिरहेको जवाफ दिए । मन्त्री महासेठले भने, “काठमाडौंको जाम समाधान गर्न हामीले गौशाला, कोटेश्वर, चाबहिल, थापाथली र नयाँ बानेश्वरलगायतका स्थानमा अन्डर पासको व्यवस्था गर्न काम अगाडि बढाइएको छौँ ।”

काठमाडौंका सडकमा खानेपानीको पाइप गाडेर कहिले सकिन्छ । एउटाले बाटो बनाउँदै जान्छ, अर्कोले फेरि पाइप राख्ने भन्दै बाटो खन्दै जान्छ, यस्तो प्रक्रिया कहिलेसम्म चल्छ मन्त्रीज्यू ? यहाँ आज आयोजित साक्षात्कारमा पहिलो प्रश्नको पूरा जवाफ दिन नपाउँदै मन्त्रीसमक्ष फेरि अर्को प्रश्न तेर्‍याए । मन्त्रीको जवाफ थियो, “हामीले जसले बाटो खनेर पाइप बिछ्याउने काम गर्छ उसले नै तत्काल त्यो बाटो पुरेर कालो पत्र गर्नुपर्ने कडा निर्देशन दिएका छौँ र त्यहीअनुसार काम भइरहहेको छ र त्यसको दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायसँग पनि छलफल भइरहेको छ ।” उनले काठमाडौं शहरलाई व्यवस्थित गर्नका लागि पुल र सडक निर्माणको काम भइरहेको बताए।

मन्त्री महासेठले विगतको तुलनामा वर्तमान सरकारले पूर्वाधार, आर्थिक विकास, शान्ति सुरक्षा र पर्यटन विकासका क्षेत्रमा जनताको चाहनाअनुसार नै अगाडि बढिरेहको बताए । “सरकार प्रत्येक दिन एक कदम अगाडि बढेको छ, सडक निर्माणदेखि पुल निर्माणसम्म सरकार तदारुकताका साथ अगाडि बढिरहेको छ, यो आर्थिक वर्षमा ३०० वटा पुल निर्माण गर्ने सरकारको लक्ष्य छ”, उनले भने । हुलाकी राजमार्ग, महेन्द्र राजमार्ग र मदन भण्डारी राजमार्गलगायत राष्ट्रिय गौरवका आयोजनामा द्रूत गतिका काम भइरहेको जानकारी दिँदै मन्त्री महासेठले रेलका बारेमा पनि लक्ष्यअनुरुप नै काम अगाडि बढेको बताए ।